ताजा अपडेट »

रुपन्देहीको रोहिणी गाउँपालिकामा लापरवाही, अध्यक्षकै कुर्सी कब्जा !

शुक्रबार, १० भदौ २०७९, १८ : ५४
12 Shares


भैरहवा । रोहिणी गाउँपालिकामा चरम लापारवाही देखिएको छ । रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवको कुर्सीमा एक अपरिचित युवाले कब्जा गर्दा पनि गाउँपालिका प्रशासन मौन बसेको छ ।

टेबलमा बिद्याय प्रसाद यादव, रोहिणी गाउँपालिका लेखिएको नेम प्लेट छ । राष्ट्रिय झण्डा कुर्सीमा राखिएको तौलियामा घुसाईएको छ । पछाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष र वर्तमान अध्यक्षको नाम रहेको बोर्ड छ । यस्तोमा अपरिचित युवा कुर्सीमा बसेर फोटो समेत खिचेका छन् । अहिले उक्त फोटो भाईरल भई रहेको छ ।

स्थानियहरुले गाउँपालिकाको चरम लापारवाही बारे बिभिन्न टिप्पणीहरु गरेका छन् । गाउँपालिका अध्यक्षकै कुर्सी कब्जा गर्दा पनि गाउँपालिा प्रशासन मौन रहेको छ नै पालिका अध्यक्षले झन विवादित प्रतिक्रिया दिएका छन् । तपाईको कुर्सीमा अन्य ब्यक्तिलाई राखेको हो ? भन्ने ग्लोबल आवाजको प्रश्नमा उनले यो काम निर्वतमान अध्यक्ष सनोज कुमार यादवको भएको गम्भिर आरोप लगाएका छन् । “हामी मिटिङ्गमा थियौ, सनोज कुमार यादवले पठाएको ब्यक्ति मेरो कुर्सीमा बसेर फोटो खिचेको हो ।” बिद्यायले भने “मैले निज युवालाई चिनेको छैन ।”

रोहिणी गाउँपालिकाको यो गैर जिम्मेवारपूर्ण अभिब्यक्तिले गाउँपालिकामा कति सम्मको लापारवाही छ भन्ने कुरा स्पष्ट गरेको छ । सुरक्षित मानिएका पालिकाको प्रमुखकै पदमा यसरी अन्य असुरक्षित हुदा पनि उक्त युवाको पहिचान भएको छ्रैन । गाउँपालिका अध्यक्ष भने अर्कालाई दोषारोपण गर्दै उम्किन चाहेका छन ।

निर्वतमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवलाई यस बिषयमा बुझ्दा उनले पनि कुर्सीमा बसेका युवालाई नचिनेको बताए । “मैले निज युवालाई पठाएको कुरा बिद्या जी को कपोकल्पित कुरा हो ।” यादवले भने “मैले यसरी युवा पठाएर उनको कुर्सी कब्जा गर्नु पर्ने कुनै कारण नै छैन ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।