ताजा अपडेट »

प्रभास अस्पतालबाट फकाईएका विनोद मृत्युको मुखबाट फर्किए

शुक्रबार, ०३ भदौ २०७९, ११ : ५६
20 Shares

गुल्मी । ‘पैसाको अभावमा उपचार नपाएर कोही मानिसलाई मर्न दिईने छैन’ प्रायः जुन सुकै औपचारिक कार्यक्रममा पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेलले बोल्दै आएको भाषण हो त्यो ।

तर त्यसै अस्पतालमा पुगेका बिरामीहरु उपचार खर्च अभावमा फर्किनु परेका गुनासाहरु धेरै पटक सुनिदै आएको छ । पछिल्लो उदाहरणका पात्र हुन गुल्मीको इस्मा गाउँपालिका–५ का ३० वर्षिय मजदुर विनोद नेपाली । दुई हप्ता अघि गुल्मीको रेसुङ्गा नगरपालिका–२ का प्रेम थापाको घरमा रंङ–रोगनको काम गर्ने क्रममा विनोद लडेर गम्भीर घाईते भएका थिए । घाईते हुन साथ घरधनी प्रेम थापाले मानवीयता देखाए । तत्काल गुल्मी अस्पताल पुराए । तत्कालिन अवस्थामा आफु सक्दो आर्थिक सहयोग पनि गरे ।

टाउँकोमा रगत जमेर अचेत रहेका विनोदलाई गुल्मी अस्पतालमा उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालमा पठाईयो । जति बेला विनोदको श्रीमाति सरितासंग त्यहाँसम्म पुराउने बाटो खर्च सम्म थिएन । तर विनोदको उद्धार कार्यमा जुटेका इस्माकै बासिन्दा ज्ञानबहादुर महतराले बाटो खर्च दिएर पठाए । त्यहाँ पुगे पछि सिटीस्क्यान गर्ने खर्च नपुगे पछि थप रकम पनि पठाए उनले ।

त्यसपछि उनको अप्रेशन गर्नका लागि त्यस अस्पतालले ४ लाख खर्च जुटाउन नसके भर्ना गर्न नसकिने भन्दै पठायो । श्रीमति सरितासंग चार लाख त के कुरा चार हजार जुटाउन सक्ने अवस्था थिएन । त्यसैले उनले अचेत अवस्था मै रहेका श्रीमानलाई लिएर तम्घास फर्किईन । उपचार खर्च अभावका कारण एउटा मजदुर मृत्युको मुखमा पुगेको कुरा थाह पाउन साथ प्रमुख जिल्ला अधिकाारी पुण्यविक्रम पौड्याल अस्पतालमा पुगे । त्यस अस्पतालका मेसु डाक्टर उत्तम पाच्यबाट उनको स्वास्थ्य अवस्था बुझेर प्रभास अस्पताल मै रहेको सिटिस्क्यान रिर्पोट मगाउन लगाए।

त्यस दिन विहानदेखि राती अवेरसम्म प्रजिअ पौड्याल प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव देखि विभिन्न व्यक्तिहरु संग सहजीकरण गरेर उनलाई निःशुल्क उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाउने भुमिकामा खटिरहेका थिए । सँगै इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्का, उपप्मुख पार्वती कुँवर, इस्माकै बासीन्दा तथा जिल्ला समन्व्य समिति सदस्य सुनिता जिसी, ज्ञानबहादुर महतरा, इस्मा गाउँपालिका वडा सदस्य बसन्त सुनार लगायत पनि विनोदलाई लुम्बिनी प्रादेशिक अस्पतालमा नपठाएसम्म खटिरहेको देखिन्थ्यो ।

तत्काल इस्मा गाउँपालिकाले विनोदको उपचारमा चासो नदेखाएको कुरा सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यस बिषयलाई ध्यानकृष्ट गराउँदा इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले आफुलाई जानकारी हुन साथ अस्पतालसम्म पुराउनका लागि आवश्यक खर्च उपलब्ध गराउने र थप खर्चका लागि आफुलाई सुचित गर्न सूचनाकर्तालाई बचन दिएको बताए । उनले विनोदको उपचारका लागि तत्काल गाउँपालिकामा निर्णय गरेर एक लाख रुपैयाँ उपलबध गराउने र थप एक लाख रुपैयाँ सहयोगका लागि संघिय सरकारलाई सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए ।

अहिले लुम्बिनी प्रादेशकि अस्पताल बुटवलमा विनोदको कुरुवा बसेका उनका काका भिमबहादुर नेपाली भन्छन्– ‘प्रभास अस्पतालले त्यति धेरै पैसा मागे पछि केहि उपाय नभएका कारण मृत्यु कुर्न बाध्य भई फर्किएका थियौं । गुल्मी अस्पतालमा फर्के पछि इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्का , सिडियो साव, त्यस अस्पतालका ईन्चार्ज (डाक्टर उत्तम पाच्या) ज्ञानबहादुर महतरा सहित थुप्रै मानिसहरुले हामीलाई सहयोग गर्नु भयो । हामीले माया मारेको मान्छे विनोदलाई बचाउन सक्ने आशा जगाई दिनु भयो र उहाँहरुकै सहयोगमा हामी साउन २६ गते यस लुम्बिनी प्रादेशिक अस्पतालमा आएका हौं।

यहाँ आएदेखि यस अस्पतालका र्ईन्जाचृ ईन्द्र ढकाल भन्ने डाक्टरसाव र अन्य डाक्टर, सिस्टरहरुले छिनछिनमा आएर हेरचाह–उपचार गर्नु भएको छ । अहिले सम्म एक पैसा खर्च माग्नु भएको छैन । अहिले विनोद मूत्युको मुखबाट फर्कियो भन्ने आशा जागेको छ । उ अहिले उठ्ने–बोल्ने , खाना खाने, आफै ट्यालेट जान सक्ने भएको छ, । उसले नवजिवन पाएको लागेर हामीलाई उत्साह छाएको छ । हामीलाई यसरी सहयोग गर्नु हुने सबै जना प्रति हामी अभारी छौं ।’

उनले भारतस्थित प्रवासी नेपाली, संघ–संस्था र अन्य थुप्रै नेपालीरुले भने सहयोग सहानुभति दिईरहेको प्रति धन्यवाद प्रकट गरे । यसरी एउटा मजदुरको जिवन उद्धारका लागि सरोकारवाला सबै एकजुट हुँदा पैसा अभावका कारण उपचार नपाई कोही मर्नु पर्दैन भन्ने कुराको सन्देश यहाँका सरोकारवाला र लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले दिएका छन । तर भाषणमा निकै चिप्ला कुरा गर्ने तर ब्यवहारमा पैसा कै कैची काट्ने आरोप लागेका लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेल संग पीडित बिरामीहरुको उक्त आरोप सुनाउँदा स्वास्थ्य बीमा बापतको रकम सरकारले गत पाँच महिना देखि अस्पताललाई भुक्तानी नदिएका कारण डाक्टरहरुले त्यसरी फर्काएको हुन सक्ने प्रतिकृया दिए । उनले अस्पतालमाथी लगाईएका त्यस्ता आरोपहरुको खण्डन गर्दै फोनमा गरेका अन्य कुराकानी भने राम्ररी बुझ्न सकिएन ।

अध्यक्ष पोखरेलले बुझिने गरि अस्पतालका सेवाहरुका बारेमा जे जस्ता दावी गरे पनि विनोद जस्तो विपन्न वर्गका मानिसहरु पैसा अभावकै कारण त्यस अस्पतालबाट आगामी दिनमा फर्किर्नु पर्ने वातरण नबनाइयोस भन्ने आग्रह गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सच्चा सरकारी अस्पतालको अनुभुति दिलाएको प्रति यहाँका सरोकारवालाहरुले खुशि व्यक्त गरेका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार