१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौं। साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा: खगेश्वर गेलालले साउन १ गतेदेखि २० गतेसमम १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात ७६ प्रतिशतले खोप नलाएको जानकारी दिए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले विश्व स्वास्थ्य सङ्गठन नेपालको सहयोगमा आयोजना गरेको कोभिड १९ महामारी तथा मङ्कीपक्सको वर्तमान अवस्था र तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा। गेलालले सो कुराको जानकारी दिएका हुन्।

मृत्यु भएका दुईजनाले दोस्रो डोज खोप लगाएको डा: गेलालले बताए । उनकाअनुसार मृत्युभएका मध्ये १२ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पाइएको छ ।

मृत्यु हुनेमा २१ देखि ८५ वर्ष उमेरका छन् । जसमा २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको मन्त्रालयले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रने मानिसमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढेको उनको भनाइ छ । उनले भने,“पछिल्लो ९० दिनमा नेपालमा प्रवेश गर्ने विभिन्न नाकामा रहेका हेल्थ डेक्सले ८० हजार २९६ जनाको कोरोनाको परीक्षण गरेको थियो ।

परीक्षण गरीएकामध्ये एक हजार २५० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, नाकाहरुमा १४ दिनमा १७ हजार १४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४० जनामा कोरोना पुष्टि भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट र सीमा नाकाहरुमा स्क्रिनिङको दर र परीक्षण बढाउने कार्य अगाडि बढाएको उनले जानकारी दिए।

खोपले कोरोना सङ्क्रमणबाट हुने जटिलता र मृत्युदर कम गर्ने सबै खोप नलगाएका नागरिकलाई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका नागरिकलाई अतिरिक्त मात्र खोप लगाउन उहाँले आगह्र गर्नुभयो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ७३.९ प्रतिशतले पहिलो मात्रा र ७०.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

त्यसैगरी, १८ वर्षमाथिका लक्षित समूहले ९२।५ प्रतिशतले एक मात्रा र ८८.४ प्रतिशतले पूर्ण खोप लगाएका छन । नेपालमा कुल जनसंख्याको २५ प्रतिशतले मात्रा अतिरिक्त मात्रा खोप लगाएको डा। गेलालले जानकारी दिए । कुल जनसंख्याको ७५ प्रतिशत अतिरिक्त मात्रा लगाउन बाँकी रहेकाले खोपको कभरेज बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।-गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य