ताजा अपडेट »

एकैदिन ६२० जनामा कोरोना पुष्टि

आइतबार, १५ साउन २०७९, १६ : ३१
14 Shares
आइतबार, १५ साउन २०७९
14 Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ स्वाब परीक्षण गर्दा ६२० जनामा कोरोना पुष्टि भएको हो । २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।

यस्तै संक्रमणबाट थप एक जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ। कोरोनाबाट २९७ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।