ताजा अपडेट »

थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मंगलबार, १० साउन २०७९, १६ : ००
22 Shares
मंगलबार, १० साउन २०७९
22 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।