२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल। रुपन्देहीको एक होटलमा एउटी किशोरी मृत फेला परेको झण्डै एक हप्तापछि परिवारजनले एक युवकका नाममा किटानी जाहेरी दिएसंगै बुटवल इलाका प्रहरी कार्यालय अनुसन्धानको करिब नजिक पुगेको छ ।

Advertisement

गत शनिबार दिउँसो बुटवल उपमहानरपालिका–३ गोलपार्कस्थित पाल्पाली होटलको कोठामा सोहीपालिका–२ की १६ वर्षीया किशोरी सुदिक्षा गुरुङ्ग झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसदिन दिउँसो करिब साढे १२ बजेतिर मात्रै बुटवलको प्रहरीलाई होटलवालाले खबर गरेका थिए । त्यसको अघिल्लो दिन शुक्रबार साँझ ती किशोरी गै बसेको आरोपमा मृतकका परिवारजनले जवरजस्ती करणी र आत्महत्या दुरुसाहन सम्बन्धि मुद्दा बुटवल –३ का २० वर्षीय असिम श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

उनिसंगै पाल्पाली होटल सञ्चालक ३८ वर्षीय रामप्रसाद कार्यालय विरुद्धपनि जाहेरी परेको र दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको डिएसपी केसीले बताए । डिएसपी केसीले ती युवक स्वयमले पनि आफू त्यस रात ती किशोरीसंग त्यस होटलमा संगै बसी अर्को दिन बिहान फर्किएको आसय ब्यक्त गरेको बताए । अन्य कुरा भने खुल्न बाँकी रहेको डिएसपी केसीको भनाई छ। ।

आफन्तजनका अनुसार सुदिक्षाका बाबु आमा बीच ३ वर्ष अघि सम्वन्ध विच्छेद भएपछि सदिच्छा बाबुको रेखदेखमा बुटवलकै लायन्स आँखा अस्पताल नजिकै फुपुको घरमा बस्दै आएकी थिइन् । शुक्रबार बिहान ९ बजेर २६ मिनेट जाँदा बाहिर निस्केकी सदिक्षाले भित्र रहेकी फुपुलाई बाहिर बोलाएर हामी हिड्यौं भनेर एक युवकको स्कुटरमा चढेर त्यहाँबाट हिडेकी थिइने । दिउँसो पनि उनले फुपुलाई एसएमस गरेर फिल्म हेर्न लागेको बताएको उनै फुपु बताउँछिन् ।

प्रहरीले होटलवालालाई बताएअनुसार उनी त्यस दिन साँझ गोलपार्कस्थित पाल्पाली होेटलमा पुगेर आफ्नो उमेर २१ वर्ष लेखाउँदै एक छिन पछि एक जना दाजु आउनु हुन्छ भनेर कोठा बुक गरेकी थिइन् । त्यसपछि एक जना युवक आएर उनिसंगै कोठा नम्वर १०५ मा सुतेर अर्को दिन बिहान ८ बजेतिर त्यहाँबाट हिँडेका थिए । होटलमा सिसिटिभी नभएको र होटलवालाले पनि मास्क लगाएका कारण ती युवक को थिए, भन्ने बारे नचिनेको बताएपछि प्रहरीले शरिर पातलो भएको र कालो टिसर्ट लगाउने सांकेतिक हुलिया अनुसारका युवकलाई सोधपुछका लागि भन्दै ८ जनालाई समातेको थियो ।

तर ,किशोरीका काका शंकर गुरुङ्गले आफुहरुले त्यस होटलमा संगै बस्ने युवकलाई रातिनै अड्कल काटी सकेको बताए । आफूहरुलाई शनिबार दिउँसो ४ बजेतिर खबर गरियोको उनले सुनाए । उनले त्यस होटलमा गएर हेर्दा र होटलवालाले भनेको आधारमा आफूहरुले त्यस युवकलाई मोटामोटी पहिचान गरेको बताउँदै प्रहरीले सुरु–सुरुमा किटानी जाहेरी लिन नमानेको आरोप लगाए ।’

‘बुधबार तेश्रो पटक जाहेरी पेश गरेका छौं, उनले भने–‘त्यसलाई (आरोपित युवक ) र होटलवालाई कडा भन्दा कडा सजाय होस् ।’ उनले बुटवल जस्तो मुख्य सडकमा १५/१६ वटा कोठासहितको त्यस होटलमा सिसीटिभी नहुनु, होटलमा बस्न आउनेहरुको परिचय खुल्ने गरि नाम विवरण नटिप्नुले त्यो होटल हो कि के हो ? भन्ने प्रति प्रश्न गर्दै यस्तो खालका असुरक्षित होटलले अरुका छोरी बुहारीहरुको पनि ज्यान जान सक्नेतर्फ प्रहरी र सरोकारवालाहरुको ध्यानकृष्ट गराए ।

नर्स बन्ने सपनासहित गइन् सुदिक्षा
मृतककी आमा गिता बुढाथोकीका अनुसार यस वर्षको एसईई परिक्षा सकेर एक महिना अघि मात्र नर्स बन्ने सपना बोकेर सदिक्षा ब्रिज कोर्ष पढ्न काठमाण्डौ गएकी थिइन् । केहिदिन अघि मात्र फुपुको विवाह हुने भएकोले उनि बुटवल फुपुसंगै फर्केकी थिइन्। काठमाण्डौबाट फर्किदैगर्दा छोरीले अब म नर्स हुने छु आमा भन्दै आमा संग खुशी बाँडेकी थिइन् । एसएमसमा त्यसरी खुशी बाँडेपनि उनि आमासंग भेट हुन नपाई यो संसारबाट बिदा भएकी छन् ।

‘उ कठमाण्डौं गए देखि र फर्किने बेला सम्म निकै ह्याप्पीनेस थिई, नर्स बन्ने सपना सुनाउँदै खुशी बाँडेकी थिई, अहिले सम्म कुनै केटाहरु संग हाँसे बोलेको थाह छैन र त्यो केटालाई पनि मैले चिनेकी छैन’– उनले भनिन् । उनि आमा भने बुटवल पुस्पलालपार्क नजिकै माइती घरमा बस्ने गरेको र सुदिक्षाका अलवा उनका ९ वर्षीय भाई पनि मामा घरमै बस्ने गरेको बताइएको छ । प्रहरीमा किटानी जाहेरी मृतकका बाबु सन्दिप गुरुङ्गले दिएका छन् । –यस अगाडिको समाचारमा मृतकको नाम र उमेर फरक पर्न गएकोमा सच्चाइएको छ । –सम्पादक

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…