ताजा अपडेट »

पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै जिल्लामा कमजोर

मंगलबार, १३ बैशाख २०७९, १० : ३०
4 Shares

परासी। नयाँ दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी भएका पूर्वमन्त्री हृदयेश त्रिपाठी आफ्नै जिल्ला पश्चिम नवलपरासीमा कमजोर देखिएका छन् । केही महिना अघि जनता प्रगतिशिल पार्टी गठन प्रतापपुर (नयाँ दल दर्ता गरेका त्रिपाठीले १७ जिल्लामा स्थानीय तह निर्वाचनमा सहभागी संगठन रहेको दाबी गर्दै आएका थिए । तर, स्थानीय तह निर्वाचनमा आफ्नै जिल्ला पश्चिम नवलपरासीमा परेको उमेदवारीले उनी आफ्नै जिल्लामा कमजोर देखिएका छन् ।

जिल्लामा ७ पालिका छन् । एउटा पालिकाबाहेक अन्य पालिकाका सबै पदमा उमेदवारी दिन उनले उमेदवार नै पाएनन् । आफ्नो पालिका रहेको प्रतापपुर गाउँपालिकामा मात्र प्रमुखसहित सबै पदमा उमेदवारी परेको छ । सुस्ता गाउँपालिकामा एउटा वडामा उमेदवार नपाएपनि अध्यक्ष र उपाध्यक्षसहित अन्य वडामा उमेदवारी परेको छ । केही पालिकामा वडा तहमा उमेदवार उठाए पनि सुनवल नगरपालिका र सरावल गाउँपालिकाका कुनै पनि पदमा उनको पार्टीले उमेदवार उठाउन सकेन ।

सदरमुकामको रामग्राम नगरपालिकासहित जिल्लाका कुनै पनि नगरपालिकाकामा प्रमुख र उपप्रमुख उठाउन सकेनन् । रामग्राममा ३ वटा वडा र बर्दघाटमा ३ वटा वडामा अध्यक्ष पदमा मात्र उमेदवारी परेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले बताए । सुनवल नगरपालिकामा कुनै पनि पदमा त्रिपाठीको पार्टीले उमेदवार उठाउन सकेन । पाल्हीनन्दनमा एउटा वडामा मात्र अध्यक्ष पदमा उमेदवारी परेको छ। उमेदवारी दिने व्यक्ति नै पाउनु भएन भन्ने प्रश्नमा जिल्ला अध्यक्ष पाण्डेले भने ‘उमेदवार नै पाएन भन्दा पनि नयाँ दल भएर थोरै गाह्रो भएको हो।’

एमालेको सूर्य चिन्ह लिएर पश्चिम नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. १ बाट त्रिपाठीले प्रतिनिधी सभामाचुनाव जितेका थिए । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका त्रिपाठीले तत्कालीन राजपा छाडेर सूर्य चिन्हबाट चुनाव लडेका थिए । सो पार्टीले उमेदवार उठाएका पालिकामा प्रतापपुर गाउँपालिकाको अध्यक्षमा करम हुसेन अन्सारी र उपाध्यक्षमा अञ्जु कुमारी चौधरी छिन्। चौधरी नेपाली कांग्रेसबाट सो गाउँपालिकाको उपाध्यक्ष रहेको थिइन् ।सुस्ता गाउँपालिकाको अध्यक्षमा ठगई गुरौ चौधरी र उपाध्यक्षमा सोसिता कुमारी हरिजन उमेदवार रहेका छन् । अन्य पालिकाका प्रमुख र उपप्रमुखमा उमेदवार उठाइएको छैन् ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल