ताजा अपडेट »

रुपन्देहीको सैनामैना र सिद्धार्थनगरमा गठबन्धन टुट्यो

सोमबार, १२ बैशाख २०७९, १८ : १६
6 Shares

बुटवल । रुपन्देहीका दुई वटा पालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा अन्तिम समयमा आएर गठबन्धन टुटेको हो।

नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रवीच गठबन्धन भएकोमा मनोनयन दर्ता गर्ने समयमा आएर गठबन्धन टुटेको हो। गठबन्धन टुटेपछि नेपाली काग्रेसबाट मेयरमा ईश्तियाक अहमद खाँ र उपमेयरमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराएका गराउनु भएको छ।माओवादी केन्द्रबाट मेयरमा मनिष कुमार जोशी, उपमेयरमा कमला थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, सैनामैना नगरपालिकामा गठबन्धन टुटेको छ। सैनामैनामा पनि अन्तीम समयमा गठबन्धनबाट नेकपा एस पार्टी सहित ३ दलले अलग अलग मनोनयन दर्ता गरेपछि गठबनधन टुटेको हो। नेकपा एसबाट सैनामैना नगरपालिकाको मेयरमा देबराज पौडेल र उपमेयरमा जसपाका टोपराज पाण्डेले उम्मेदवारी दिएपछि गठबनधन टुटेको हो। सैनामैनामा नेपाली काग्रंसको तर्फबाट फणिन्द्र शर्माले उम्मेदवारी दर्ता गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।