ताजा अपडेट »

रुरुक्षेत्र गाउँ पालिकामा एमालेले गर्यो उम्मेदवारी दर्ता

सोमबार, १२ बैशाख २०७९, १६ : ४८
8 Shares

रुरु । नेकपा एमाले देशभक्ति र समृद्धिका लागि हर प्रहर लडिरहेको बताउनु एमाले नेता प्रदिप ज्ञवालीले बताएका छन् । स्थानीय निर्वाचनका लागि रुरुक्षेत्र गाउँपालिकाको उम्मेदवार दर्ता कार्यक्रममा सहभागी हुन बलेटक्सार आइपुग्नु भएका एमालेका उपमहासचिव समेत रहनु भएका नेता ज्ञवालीले नेकपा एमालेले जनताको मत जित्दै निर्वाचनमा होमिएको र गठवन्धनका विरुद्ध आफुलाई एक्लै उभ्याएको बताए ।

गठबन्धनको एउटै लक्ष विध्वंसात्मक मच्चाउने र कसरी एमालेलाई हराउने भन्नेमा मात्र ध्यान केन्द्रित गरेको मात्र होईन प्रतिपक्ष सँग लड्न नसकेर गठवन्धन गरेको बताउनु हुँदै रुरुक्षेत्रमा नेकपा एमालेले गरेका कामका आधारमा एमाले विजय भईसकेको ,मात्र कति मतान्तरले जित्ने भन्ने कुराको प्रतीक्षा रहेको बताए। रुरुक्षेत्र गाउँपालिकाका ६ वटै वडा हरुबाट ठुलो सँख्यामा कार्यकर्ता तथा आम जन समुदायको उपस्थितमा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले रुरुक्षेत्र गाउँ पालिकाको प्रमुख पदका लागि हिमाल कुमार श्रेष्ठ र उप प्रमुख पदका लागि मिना गौतमलाई उम्मेदवार बनाएको छ । यसैगरि वडा न १ बाट वडाध्यक्षमा नवराज विक, खुल्ला पुरुष सदस्यमा घनस्याम ज्ञवाली र शुसिल श्रेष्ठ ,दलित महिला सदस्यमा लक्ष्मी सुनार र खुल्ला महिला सदस्यमा लक्ष्मी भट्टराई लाई उम्मेदवार बनाएको छ ।

यसैगरि वडा न २ मा वडाध्यक्षमा घनस्याम अर्याल ,खुल्ला पुरुष सदस्य मा हुम बहादुर कुँवर र हर्कबहादुर कुवर ,खुल्ला महिला सदस्यमा रिता बराल र दलित सदस्य मा सीता विक ,वडा न को वडाध्यक्षमा शेष नारायण पौडेल ,खुल्ला पुरुष सदस्यमा तेज बहादुर राना ,कमल प्रसाद ज्ञवाली ,खुल्ला मिल सदस्यमा विष्णु राणा र दलित महिला सदस्यमा कमला नेपाली ,वडा न ४ को वडाध्यक्षमा मोति प्रसाद श्रेष्ठ खुल्ला पुरुष सदस्यमा थान प्रसाद श्रेष्ठ, माधव खड्का खुल्ला महिला सदस्यमा राज कुमारी शाही र दलित महिला सदस्यमा ममता सुनार ,वडा न ५ को वडाध्यक्षमा पदम श्रेष्ठ खुल्ला पुरुष सदस्यमा तुलसी प्रसाद ज्ञवाली ,लाल बहादुर कस्तरी ,खुल्ला महिला सदस्यमा रमा कुँवर र दलित महिला सदस्यमा मिना नेपाली , यसैगरि वडा नं. ६ को वडाध्यक्षमा रोमनाथ पौडेल खुल्ला पुरुष सदस्यमा ज्ञान बहादुर काला, ओम बहादुर काला खुल्ला महिला सदस्यमा बुद्धिमति लामिछाने र दलित महिला सदस्यमा कृष्ण नेपालीलाई उम्मेदवार बनाएको छ ।

एमालेका अध्यक्ष उपाध्यक्ष सहितका बत्तिस जना उम्मेदवार हरुले सोमबार नै उम्मेदवारि दाखिला गरेको नेकपा एमाले रुरुक्षेत्र १ गाउँ पालिका कमिटीका अध्यक्ष फर्सु ज्ञवालीले जानकारी दिए । उम्मेदवार दर्ता सँगै नेकपा एमालेले अब आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गरेको बताउँदै, वाम आन्दोलनको विरासतको रुपमा रहेको रुरुक्षेत्रमा फेरी विजयको झण्डा फहराउने उदघोष गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।