ताजा अपडेट »

म एक्लो छैन् भन्दै २४ वर्षीय युवाले दिए स्वतन्त्र रुपमा मेयरमा उम्मेद्वारी

सोमबार, १२ बैशाख २०७९, १६ : १६
4 Shares

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिकामा २४ वर्षीय युवाले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् । स्वतन्त्र रुपमा बिपिन रायमाझिले उम्मेदवारी दर्ता गराएका हुन् ।

स्नातक उत्तिर्ण गरेका रायमाझिले म बिल्कुल एक्लो छैन र एक्लो महशुस गरेको छैन् भन्दै उम्मेद्वारी दर्ता गराएका हुन् । ‘म बिल्कुल एक्लो छैन र एक्लो महशुस गरेको छैन। मलाई नागरिकको साथ छ,सक्षम मतदाताको मत माग्न सक्ने मुसिकोटको योजना छ। सङ्गै भुई मान्छेका मुद्दा र समाधान गर्न सक्ने ल्याकत छ।’– उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।