ताजा अपडेट »

रुपन्देहीका कांग्रेस नेता श्रेष्ठद्वारा पार्टीबाट राजीनामा

सोमबार, १२ बैशाख २०७९, ११ : ४७
4 Shares

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ज्ञानेश श्रेष्ठले कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेका छन् ।

श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पुन: वडा नम्बर २ को वडा अध्यक्षमा दोहोरिन चाहेका श्रेष्ठलाई पार्टीले टिकट नदिए पछि असन्तुष्ट हुँदै उनले काङ्ग्रेसबाट राजिनामा गरेका छन् । क्षेत्रिय सभापती सुशील गुरुङ र सचिव लेखनाथ भट्टराईले मनोमानी ढंगले टिकट बितरण गरेको श्रेष्ठको आरोप छ ।

" मेरो नाम पहिलो नम्बरमा सिफारिस भएको थियो ।तर क्षेत्रिय सभापती र सचिवले अन्तिममा नाम रहेकालाइ टिकट दिलाउन लागि पर्नु भयो ।" श्रेष्ठले भने " उहाँहरुले १४ औ महाधिवेशनमा भएको गुटको प्रभावमा परेर म र यस वडाका आस्थावान काङ्ग्रेस कार्यकर्तामाथी अन्याय गर्नु भयो ।" काङ्ग्रेस पार्टी छोडेपनी तत्काल कुनै अन्य पार्टीमा नजाने र अन्य कुनै प्रकारको उम्मेदवारी पनि नदिने उनले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।