ताजा अपडेट »

मुसिकोट-२ को वडाध्यक्षमा एमालेबाट महेन्द्र घिमिरे

सोमबार, १२ बैशाख २०७९, ११ : १५
12 Shares

गुल्मी ।गुल्मीको मुसिकोट नगरपालिका–२ मा सत्ता पक्षिय गठबन्धनले २६ वर्षिय युवा रबिन्द्र केसिलार्इ साझा उमेदवार घोषणा गरिरहदा नेकमा एमालेले पनि सोही उमेर समुहका एकजना डायनमिक युवाको छवि बनाएका महेन्द्र घिमिरेलाई वडाध्यक्षमा उठाएको छ।

दर्जनौं संघ संस्थामा आबद्धता सामाजिक काममा अग्रसर अनेरास्ववियुबाट एमालेको राजनितीमा लागेका उनी युवासंघमा र वडा कमिटी सचीव हुँदै मुसिकोट नगर कमिटी सचिवालय सदस्य तथा प्रचार प्रसार बिभागको उप–संयोजक रहेका छ्न ।

मुदिकोट नगरपालिकामा अभिलेखिकरण बिभागको संयोजकको जागिरबाट राजिनामा दिई उनले उम्मेद्बारी दिएका हुन। सामाजिक कार्य मार्फत मुसिकोटका लोकप्रिय युवाको रुपमा चिनिदै आएका उनको बाल्यकाल भने निकै कहाली लाग्दो छ । ११ बर्षको उमेर छदा बुवा गुमाएको उनी सानै देखि दुःख मजदुरो गरेर पढेका हुन । उच्चदिक्षा अध्यान पश्चात् बोडिङ्गको प्रीन्सिपल समालेका र विभिन्न सङ्घ संस्थामा काम गरेका घिमिरे विभिन्न आरोह अबरोह पार गर्दै ईपिएस परिक्षा पास गरि रोजगारिको लागि दक्षिण कोरिया समेत पुगेका थिए ।

आफुलार्इ वडाबासीले जिताउने कुरामा ढुक्क भएको दावी गर्दै उनी भन्छ्न आफुले जितेमा वडाको भैतिक पुर्बधार र शुसासनकोको लागि लागि पर्ने तथा जनतालाइ दिने सेवा प्रवाहलाइ सहज र छरितो रुपमा गर्ने शिक्षा स्वास्थ्य रोजगार कृषि पर्यटन र पशुपालनको श्रेत्रमा काम लाई अगाडि बढाउन पुराना चलिरहेको काम लाई पूरा गर्ने जिल्ला सम्बन्य प्रदेश र सघ सङ्ग पहल गरि गौरवका योजना लाई अगाडि लैजाने गरि काम गर्ने । सम्पुर्ण वडा बासी दाजुभाइ दिदिबहिनी हरुलाइ सहयोगलाई अनुरोध गर्द्छु।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।