ताजा अपडेट »

कांग्रेसको घोषणपत्रमा एमालेमाथि प्रहारः अदालतले जन्माएको पार्टी, तुच्छ टिप्पणी अशोभनीय

आइतबार, ११ बैशाख २०७९, १५ : २६
2 Shares

काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

जसमा एमालेलाई सर्वाेच्च अदालतले जन्माएको पार्टीको रुपमा टिप्पणी गरिएको छ । सर्वाेच्च अदालतको आदेशबाट एमाले जन्मिएको कांग्रेसको भनाइ छ । घोषणापत्रको १२औँ पृष्ठमा एमाले अदालतको आदेशबाट जन्मिएको पार्टी भनेर उल्लेख गरिएको छ । 

‘एमाले नै सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी’ शीर्षकमा घोषणपत्रमा उल्लेख गरिएको छ : 

नेकपा (एमाले) का अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आउनु भएको छ । तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानु भएको थियो । यसै गरी नेकपा (एमाले) स्वयं र नेकपा (माओवादी केन्द्र) सर्वोच्च अदालतको आदेशबाट जन्मिएका पार्टीहरू हुन् । 

सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा (एमाले) को वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ? यदि संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्री समेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।