ताजा अपडेट »

लुम्बिनीका युवा अर्जुन कुर्मिको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी

शनिबार, १० बैशाख २०७९, १६ : ४१
8 Shares


भैरहवा । लुम्बिनी क्षेत्रका सक्रिय युवा अर्जुन कुर्मिले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट स्वतन्त्र रुपमा उप–प्रमुख पदमा उम्मेदवारी दिने बताएका छन् ।

शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुर्मिले देश युवाहरुले मात्र बनाउन सक्ने बताउदै उप–प्रमुखमा उम्मेदवारी दिने बताए । स्थानिय तहमा प्रमुखको मात्र चर्चा चलिरहेको र प्रमुख भन्दा उप–प्रमुख पद बलियो भएको ठानेर आफुले सो पदमा उम्मेदवारी दिएको उनले बताए ।

विश्व पर्यटनको केन्द्र लुम्बिनी र यसै संग जोडिएर रहेको समग्र लुम्बिनी क्षेत्रको विकासको लागि आफ्ने उम्मेदवारी रहने उनले बताए । “एक घर एक उद्यम, कृषि, सिंचाई, मलको आपूर्ति, प्राविधिक शिक्षालय” लगायतको आधारभूत कुराहरु पुरा गर्ने आफ्नो उद्देश्य रहेको उनले पत्रकार सम्मेलनमा सुनाए ।

यस बाहेक लुम्बिनी क्षेत्रमा रहेको कालीदह छोटी भन्सारलाई बडी भन्सारमा बिरुतार गर्न पहल गर्ने, लुम्बिनीमा होम स्टे सञ्चालन गर्ने, लुम्बिनीलाई ग्रीन र क्लिन सिटीको रुपमा पहिचान दिलाउने, घातक रोगीलाई निशुल्क उपचार सम्मको सोच आफुले बनाएको अर्जुनको भनाई छ । लुम्बिनी बिकास कोष र लुम्बिनी नगरवासी बिच अझै पनि दुरी रहेको कारण आफु बिजयी भए सो दुरी घटाएर लुम्बिनी संगै समग्र नगरको विकास गर्ने उनको भनाई ।

युवाहरुमा लोकप्रिय रहेका कुर्मिले आफ्नो सबै भन्दा मजबुद क्षेत्र भनेकै युवा रहेको जिकिर गरे । यहि युवा शक्तिको भरमा आफु सहजै विजयी हुने कुर्मिको तर्क रहेको छ । यस अतिरिक्त स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम, वास परियोजना, रेडक्रस, ग्रिन युथ अफ लुम्बिनी मार्फत लुम्बिनीका सिमान्तकृत समुदायको सेवा गरेको र विपन्न नागरिकमा आफ्नो बिशेष पकड रहेको कुर्मिको भनाई छ ।

उनले संविधानले उप प्रमुखलाई दिएको काम गरे पनि नगरवासीको सेवामा प्रयाप्त हुने भए पनि आफुले त्यो भन्दा बढेर सेवा गर्ने हौसला रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।