ताजा अपडेट »

बुटवलको कालिकामा अध्ययनरत १९ वर्षीय अनुप हप्तादेखि सम्पर्कबिहिन

शनिबार, १० बैशाख २०७९, १५ : ४४
6 Shares

बुटवल । बुटवलबाट १९ वर्षीय अनुप गुप्ता एक हप्तादेखि सम्पर्कबिहिन भएका छ्न । कालिका क्याम्पसमा बिबिएस पहिलो वर्ष अध्ययन गर्ने गुप्ता गत शनिबारदेखि सम्पर्कबिहिन भएका हुन् ।

कपिलबस्तुको कृष्णनगर नगरपालिका-९ बहादुरगञ्ज स्थायी घर भएका उनी बुटवलको देविनगरमा आफ्ना दुई दाजुसगँ बस्दै आएका थिए । अरु बेला जहाँ जाँदा नि भनेर हिड्ने उनी सो दिन जानकारी नगराई घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु अमित गुप्ताले बताए ।

भाइको खोजी गरि दिन सबै सम्बन्धित निकायलाई दाजु अमित गुप्ताले अपिल गरेका छन् । कहि-कतै देखे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा 9844916825, 9847855281, 980-0724901 नम्बरमा सम्पर्क गर्न उनले सबैमा आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।