ताजा अपडेट »

अमृताको रहस्यमय मृत्यु प्रकरण: विरोध प्रदर्शनमा संयमता अपनाउन तिलोत्तमा नगरपालिकाको आग्रह

शनिबार, ०३ बैशाख २०७९, १० : २९
2 Shares


बुटवल । रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा बुधबार राती अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले निकै गम्भीरतापूर्वक लिएको जनाएको छ ।

नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले एक विज्ञप्ति जारी गर्दै २९ वर्षीया अमृताको मृत्युले तिलोत्तमा नगरपालिका निकै दुःखी र स्तब्ध भएको बताएका छन् । साथै नगरपालिकाले उक्त घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारवाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन हामी प्रहरी प्रशासन समक्ष जोडदार माग गरेको छ ।

घटनाको सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन तिलोत्तमा नगरपालिका तयार रहेको पनि विज्ञप्तिमा मार्फत जानकारी गराइएको छ । साथै यहीं विषयलाई लिएर भैरहेका विरोध प्रदर्शनमा समेत संयमता अपनाउन र विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन सम्बन्धित पक्ष र आफन्तजनलाई नगरपालिकाले अनुरोध गरेको छ ।

बिहीबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ । अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएको माइती पक्षको आरोप छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।