ताजा अपडेट »

घलेगाउँँ पुगेर ओलीले भने- चुनावपछि बहुमतसहित एमालेले पाँँच वर्ष सरकार चलाउँछ

शुक्रबार, ०२ बैशाख २०७९, १५ : ३७
29 Shares
शुक्रबार, ०२ बैशाख २०७९
29 Shares

लमजुङ । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्‍याए । 

जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूूरा गर्ने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।