ताजा अपडेट »

गत निर्वाचनमा गुल्मीका कुन वडामा कसको मत कति ?

विहीबार, १७ चैत्र २०७८, १३ : ०७
8 Shares

गुल्मी । गत स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाका दुई नगरपालिका सहित १२ स्थानीयतह मध्ये ७ वटा पालिका प्रमुख र १० वटा उपप्रमुख नेकपा एमालेले जितेको थियो । ४ वटा पालिका प्रमुख र २ वटा उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो काग्रेस गठबन्धनबाट माओवादी केन्द्रले एउटा मात्रै पालिका प्रमुख जितेको थियो ।

पालिका प्रमुख उपप्रमुखहरुको मतान्तर यस अघि नै हामीले यस अघि नै प्रकाशित गरि सकेकोले आज गुल्मीका ९३ वटा वडाहरुमा गत निर्वाचनमा कुन दलको अवस्था के थियो भन्ने बारे मत परिणाम सहित चर्चा गर्ने छौँ । जिल्लाका ९३ वडा मध्ये एमालेले ५९ वटा वडामा जित हाँसिल गरेको थियो । कांग्रेसले २९ वटा वडा जितेको थियो । माओवादी केन्द्रले ४ वटा र राष्ट्रिय जनमोर्चाले एमालेसंगको गठबन्धनाट एउटा वडा जितेको थियो । जुन माथी उल्लेखित संख्यामा गाभिएको छ ।

एक सय भन्दा तलको अन्तरले जितेको वडालाई हामीले यहाँ झिनो मतको सुचीमा राखेका छौं । सय भन्दा माथीको अन्तरलाई फराकिलो मतान्तर भनेका छौ । सोही अनुरुप एमालेले जितेको ५९ वडा मध्ये २३ वटा वडामा बराबरी मतका कारण गोलाप्रथादेखि कतै २ मतको अन्तर, कतै ६, ७, ८ र ९ मत सहित सय मत देखि तलको मतान्तरले जितेको थियो ।
एक सय देखि १५० मतसम्मको अन्तरले ७ वटा वडा जितेको थियो । १५१ देखि २ सय मत सम्मको अन्तरले ८ वटा वडा जितेको थियो । २ सय देखि ३ सय सम्मकोअन्तरले ८ वटा वडा जितेको थियो । ३ सय देखि अधिकतम ६ सय माथीसम्मको अन्तरले १३ वटा वडा जितेको थियो ।

काग्रेसले जितेका २९ वडा मध्ये १०० भन्दा कम अन्तरको मतले १४ वटा वडा जितेको छ । एक सय देखि १५० मतअन्तरले ८ वटा वडा जितेको छ । १५१ देखि २ सयसम्मको अन्तरले २ वटा वडा जितेको छ । २ सयदेखि ३ सय सम्मको मत अन्तरले ३ वटा वडा जितेको छ । ३ सयदेखि अधिकतम ६६७ मतको अन्तरले २ वटा वडा जितेको छ । माओवादी केन्द्रले जितेका ४ वटा वडाहरु मध्ये चन्द्रकोटका दुई वडामा काग्रेस संग क्रमशः १०३ र १७३ मतान्तरले जितेको छ । धुर्कोटमा १२५ मतको अतरले एमाले उमेदारलाई पछाडी पारेर जितेको छ भने रुरु क्षेत्र गाउँपालिकामा एमाले उमेदवारलाई ७७४ मतको अन्तले जितेको छ । गत स्थानीय तहको निर्वाचनमा एक स्थानमा झिनोमतको अन्तर सहित ४ वटा वडामा माओवादी केन्द्र निकटतम प्रतिद्धन्द्धी देखिन्छ ।

यस हिसावले गुल्मीका दुई प्रमुख दलहरु एक्ला एक्लै लडेमा १०० भन्दा कम अन्तरले जितेको एमालेका लागि २३ वटा वडा र काग्रेसका लागि त्यही अन्तरमा जितेको १४ वटा यसपालीको निर्वाचनमा संकटमा देखिन्छ । जुन कुनै दल संग गठबन्धन गर्ने दलले त्यो मत अन्तरको वडा सुरक्षित राख्दै १०१ देखि १ सय ५० मतान्तरसम्मका वडासम्म विपक्षीबाट गठबन्धनले आफ्नो पोल्टामा पार्न पनि सक्छ । त्यस भन्दा माथी अन्तरका वडा जित्न भने ठुलै कसरत गर्नु पर्ने देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख माया कुँवरले उपलब्ध गराएको विवरण अनुसार यस्तो छ । गत स्थानीय तहको निर्वाचनमा वडाहरुको मत परिणाम :

इस्मा गाउँपालिका
त्यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो। ६ वटा वडा मध्ये ५ वटा वडामा एमाले वडाध्यक्ष विजयी भएका थिए । एउटामा कांग्रेस विजयी भएको थिए । दुई वटा वडामा एमाले संग काग्रेस उमेदवार झिनो मतले पराजित भएका थियो भने दुई वटा वडामा कांग्रेस संग एमालेले झिनो मतले विजयी भएको थियो । अन्य ३ वटा वडामा एमाले उमेदवार भारी मतले विजयी भएका थिए ।

वडा नम्वर–१ ,विजयी वडाध्यक्ष चुराबहादुर खत्री, प्राप्त मत –७४६ ( रुख)

निकतम प्रतिद्धन्द्धी, ईन्द्रबहादुर कुँवर, प्राप्त मत–६३३ (सुर्य)

मतान्तरः१३३

वडा नम्वर–२, विजयी वडाध्यक्षः टिकाबहादुर रेश्मी,प्राप्त मत–८७१ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीःश्यामबहादुर राना मगरर ,प्राप्त मतः ६५३ (रुख)

मतान्तरः२८१

वडा नम्वर–३, विजयी वडाध्यक्ष तोनाथ शर्मा, प्राप्त मत–६२२ (सुर्य)

निकटतम प्रतिद्धन्द्धी ,केशव कुँवर ,प्राप्त मत –५३८(रुख)

मतान्तर ८४

वडा नम्वर–४, विजयी वडाध्यक्ष गनुप्रसाद अधिकारी ,प्राप्त मत–१००६ ( सुर्य)

निकटतम प्रतिद्धन्द्धीः कृष्णप्रसाद रिजाल, प्राप्त मत –७५० (रुख)

मतान्तरः२५६

वडा नम्वर–५ ,निर्वाचित वडाध्यक्ष कलानिधी शर्मा, प्राप्त मत–८६१ (सुर्य )

निकटतम प्र्रतिद्धन्द्धीः झविन्द्र अर्याल ,प्राप्त मत–८६९ (रुख)

मतान्तरः ८

वडा नम्वर–६, विजयी वडाध्यक्ष हिराबहादुर जिसी,प्राप्त मत–९४० (सुर्य)

निकटम प्रतिद्धन्द्धीःढालबहादुर कुँवर,प्राप्त मत–६२८ (रुख)

मतान्तरः३१२

कालिगण्डकी गाउँपालिका

यसपालिकामा माओवादी केन्द्र संगको गठबन्धनमा काग्रेसका वेद थापा मगरले पालिका अध्यक्ष जितेका थिए । जनमोर्चा संगको गठबन्धन बाट चुनाव लडेको एमाललेले जनमोर्चाकी तारा थापालाई उपाध्यक्षमा विजयी गराएको थियो । एमालेबाट अध्यक्ष उमेदवार टिकाराम ढकाल पराजित भएका थिए ।

७ वटा वडा मध्ये २ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ । उसले एउटामा भारीमतले र अर्कोमा झिनो मतले जितेको छ । ४ वटा वडामा कांग्रेसले जितेको छ । एउटामा जनमोर्चाले जितेको थियो ।

वडा नम्वर–१, विजयी वडाध्यक्ष ठानिश्वर पाण्डे – क ) ,प्राप्त मत–६६८ (सुर्य)

निकटतम प्रतिद्धन्द्धी ठानिश्वर पाण्डे ( ख ) प्राप्त मत–५४९ (रुख)

मतान्तरः ११९

वडा नम्वर–२, विजयी वडाध्यक्ष देविप्रसाद न्यौपाने ,प्राप्त मत–७०८ (सुर्य)

निकटतम प्रतिद्धन्द्धी,रामप्रसाद न्यौपाने , प्राप्त मत–६७० ( रुख )

मतान्तरः३८

वडा नम्वर–३, विजयी वडाध्यक्ष हेमचन्द्र बुढा,प्राप्त मत–३७० (रुख )

निकटतम प्रतिद्धन्द्धीःरुपबहादुर श्रीस,प्राप्त मत–२०२ ( सुर्य )

मतान्तर–६८

वडानम्वर–४,विजयी वडाध्यक्ष,होमबहादुरथापा,प्राप्तमत३७३ ( रुख)

निकटतम प्रतिद्धन्द्धीःमोतीराम पुन ,प्राप्त मत–२४४ ( सुुर्य )

मतान्तरः १२९

वडा नम्वर–५, विजयी वडाध्यक्ष थम्मन सिंह आले ,प्राप्त मत–५८० (रुख )

निकटतम प्रतिद्धन्द्धीःक्षेत्रबहादुर थापा, प्राप्त मत–५४६ ( सुर्य )

मतान्तर ३६

वडा नम्वर–६, विजयी वडाध्यक्ष कविराज ढकाल, प्राप्त मत–१०१७ (गिलास)
निकटतम प्रतिद्धन्द्धीः घनश्‍याम ढकाल, प्राप्त मत–५५८ (रुख)
मतअन्तरः ४३२

वडा नम्बर–७ः विजयी वडाध्यक्ष लोक प्रताप शाह, प्राप्त मत–८०० (रुख)
निकटतम प्रतिद्धन्द्धीः केयर सि‌ थापा, प्राप्त मत–६५४ (हंसिया हतौडा)
मतअन्तरः १४६

यस पाललिकामा पालिका अध्यक्ष ,उपाध्यक्ष दुुबै पद कांग्रेसले जितेको थियो ।

गुल्मीदरवार गाउँपालिका

वडा नम्वर–१, विजयी वडाध्क्ष रामबहादुर पल्ली, प्राप्त मत–७६६ (सुर्य)

निकतम प्रतिद्धन्द्धीः प्रेमबहादुर पुन,प्राप्त मतः ६५८ (रुख)

मतान्तरः१०८

वडा नम्वर–२,विजयी वडाध्यक्षःहरिहर गौतम, प्राप्त मत–११२२ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीःसन्तबहादुर खड्का,प्राप्त मत–९३८ ( रुख )

निकटतम प्रतिद्धन्द्धीः १८४

वडा नम्वर–३, विजयी वडाध्यक्ष बलबहादुर थापा,प्राप्त मत–८८२ ( रुख)

निकटतम प्रतिद्धन्द्धीःसिला थापा, प्राप्त मत–३९२ ( सुर्य )

मतान्तरः ४९०

वडा नम्वर–४, विजयी वडाध्यक्ष खुुमबहादुर पल्ली ,प्राप्त मत १२४८ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धीः भुपेन्द्र कँडेल ,प्राप्त मत–१०३९ (रुख )

मतान्तरः२०९

वडा नम्वर–५, विजयी वडाध्यक्ष लिलाबहादुर मगर , प्राप्त मत–५४६( रुख)

निकटतम प्रतिद्धन्द्धी नारायण गिरि ,प्राप्त मत–५००

निकटतम प्रतिद्धन्द्धीः४६ ।

चन्द्रकोट गाउँपालिका

यस पालिकामा तीन प्रमुख दल एक्ला एक्लैल लडेका थिए । जहाँ कांग्रेसले पालिका प्रमुख जितेको छ ् । एमालेले उपाध्यक्ष जितेको छ । माओवादी केन्द्र हारहारी मतको हैसियतमा छ ।

७ वटा वडा मध्ये २ वटामा कांग्रेसले जितेको छ । एउटामा भारी मतले र अर्कोमा झिनो मतले जितेको छ । भारी मतले जितको वडामा निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उमेदवार छन भने अर्को भारी मतले जितेको वडामा एमाले उमेदवार थिए । दुई वटा वडामा माओवादी केन्द्रले भारी मतले जितेको छ । उसले जितेको दुई वटै वडामा निकटतम प्रतिद्धन्द्धी कांग्रेस छन् ।

३ वटा वडामा एमालेले जितेको छ । ती मध्ये एउटा वडामा कांग्रेस संग भारी मतले जितको छ भने दुई वटा वडामा मध्ये एउटामा माओवादी केन्द्र संग ५२ मतान्तरले र अर्कोमा काग्रेस संग १७ मतको झिनो अन्तरले जितेको छ ।

वडा नम्वर–१, विजयी उमेदवार गोविन्दबहादुर वलाल, प्राप्त मत–३०५ ( सुर्य )

निकटम प्रतिद्धन्द्धीः घनश्याम् खरेल,प्राप्त मत–२५३

मतान्तरः५२

वडा नम्वर–२, विजयी वडाध्यक्ष ःटंकबहादुुर क्षेत्री,प्राप्त मत–४३३ (हसिया हतौडा )

निकटतम प्रतिद्धन्द्धीः मोहन केसी,प्राप्त मत–३३० ( रुख )

मतान्तरः १०३

वडा नम्वर–३, विजयी वडाध्यक्ष किरण शाह, प्र्राप्त मत–३३३ ( रुख )

निकटतम प्रतिद्धन्द्धी शिद्धबहादुर थापा,प्राप्तमत–२६६ (स्वतन्त्र)

मतान्तरः ६७

वडा नम्वर–४, विजयी वडाध्यक्ष भरतबहादुर बस्नेत,प्राप्त मत–७८४ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीःबलबहादुर बस्नेत,प्राप्त मत–५६५ (रुख)

मतान्तरः२१९

वडा नम्वर–५, विजयी वडाध्यक्ष टंकबहादुर पुन मगर, प्राप्त मत–२९९ (सुर्य )

निकटतम प्रतिद्धन्द्धीःलिलबहादुर राना मगर, प्राप्त मत२८२ ( रुख )

मतान्तरः १७

वडा नम्वर–६, विजयी वडाध्यक्ष गोकर्ण प्रसाद शर्मा,प्राप्त मत–३५४ ( हँसिया हतौडा )

निकटतम प्रतिद्धन्द्धीः जागेश्वर शर्मा,प्राप्त मत–१८१ ( रुख )

मतान्तरः१७३

वडा नम्वर–७, विजयी वडाध्यक्ष,लक्ष्मी प्रसाद भण्डारी, प्राप्त मत–७४२ ( रुख)

निकटतम प्रतिद्धन्द्धीः राजकुमार न्यौपाने, प्राप्त मत–६२१ ( सुर्य )

मतान्तरः १२१

छत्रकोट गाउँपालिका

यसपालिकामा एमाले संग काग्रेस माओवादी गठबन्धन भिडेका थिए । त्यसका बाबजुदपनि अध्यक्ष ,उपाध्यक्ष दुबै पद एमालेले जितेको थियो । ६ वडाहरु मध्ये ४ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।दुईवटामा माओवादी केन्द्र निकटतम प्रतिद्धन्द्धी रहेको छ भने दुई वटामा कांग्रेस प्रतिद्धन्द्धी रहेको छ । ती दुबै दल संग भारी मतले एमालेले जितेको छ । दुई वटा वडामा कांग्रेले एमाले संग भारी मतले जितेको छ।

वडा नम्वर–१,विजयी वडाध्यक्षः धातानन्द भण्डारी, प्राप्त मत–१००९ ( रुख )

निकटतम प्रतिद्धन्द्धीःयमलाल भण्डारी ,प्राप्त मत –७३१( सुर्य )

मतान्तरः२८०

वडा नम्वर–२, विजयी वडाध्यक्ष रुकबहादुर राकसकोटी, प्राप्त मत–८२६ ( रुख )

निकटतम प्रतिद्धन्द्धी दुर्गा प्रसाद सुनार, प्राप्त मत–५४५( सुर्य )

मतान्तरः २८१

वडा नम्वर–३, विजयी वडाध्यक्ष तेजकान्त भुसाल, प्राप्त मत–१३७३ ( सुर्य)

निकटतम प्रतिद्धन्द्धीः धादन्द भुसाल, प्राप्त मत– १०२५( रुख )

मतान्तरः ३४८

वडा नम्वर–४, विजयी वडाध्यक्ष डिलाराम न्यौपाने,प्राप्त मत–१२३७ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीः भागवत गिरि,प्राप्त मत–१०७५ ( हँसिया हतौडा )

मतान्तरः१६२

वडा नम्वर–५ , विजयी वडाध्यक्ष कृष्णप्राद पन्त, प्राप्त मत–६८८ .( सुर्य )

निकतम प्रतिद्धन्द्धीः सरोज पाण्डे, प्राप्त मत–४८६( हँयिा हतौडा)

मतान्तरः२०२

वडा नम्वर–६, विजयी उमेदवारःथमनबहादुर ज्ञवाली,प्राप्त मत–७२५ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीः गोपालबहादुर बुचा४२७ ( रुख)

मतान्तरः २९८

धुर्कोट गाउँपालिका

यसपालिकामा कांग्रेस माओवादी गठबन्धन थियो । जहाँ जिल्ला मै एकमात्र गाउँपालिका प्रमुख माओवादी केन्द्रका भुपाल पोखरेलले जितका थिए । काग्रेसका शिवबहादुर केसीले उपप्रमुख जितेका थिए । ७ वटा वडा मध्ये ३ वटामा काग्रेसले जितेको थियो । ३ वटा वडामा गठबन्धनलाई भारि मतले पछाडी पार्दै एमलेले जितेको थियो । एमालेले जितेको एक वडामा माओवादी निकटतम प्रतिस्पधी रहेको छ भने माओवादी केन्द्रले जितेको एक वडामा एमाले निकटतम प्रतिष्पधी रहेको थियो ।

वडा नम्वर–१, विजयी उमेदवार कमल थापा,प्राप्त मत–८१६ ( रुख)

निकटतम प्रतिद्धन्द्धीः अशोककुमार थापा , प्राप्त मत – ६८२ ( सुर्य )

मतान्तरः १३४

वडा नम्वर २, विजयी वडाध्क्ष नविन जिसी,प्राप्त मत–७१४ (रुख )

निकटतम प्रतिद्धन्द्धीः बाबुराम खड्का, प्राप्त मत–४९७ (सुर्य)

मतान्तरः२१७

वडा नम्वर–३,विजयी वडाध्यक्ष बिष्णुबहादुर थापा श्रीस, प्राप्त मत–९२५ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीः तेजबहादुर बोहरा ,प्राप्त मत–७१६ (गिलांस )

मतान्तर–२०९

वडा नम्वर–४ ,विजयी वडाध्यक्षमानबहादुर कुुवँर, प्राप्त मत–६९८ ( हँसिया हतौडा)

निकटतम प्रतिद्धन्द्धीःपुर्णबहादुर पाध्या,प्राप्त मत –५७३ (सुर्य )

मतान्तरः१२५

वडा नम्वर–५, विजयी वडाध्यक्ष ढुण्डीराज भण्डारी,प्राप्त मत–७३० (रुख )

निकटतम प्रतिद्धन्द्धीः ढुण्डीराज पाण्डे, प्राप्त मत–५९८ ( सुर्य )

मतान्तरः१३२

वडा नम्वर–६,विजयी वडाध्यक्ष कृष्णबहादुर नेपाली,प्राप्त मत–७१२ (सुर्य)

निकटतम प्रतिष्पर्धी ःनिमबहादुर कुँवर, प्राप्त मत–५५७ (हँसिया हतौडा )

मतान्तरः१५५

वडा नम्वर–७, विजयी वडाध्यक्षः हिमप्रसाद पन्थी, प्राप्त मत–९०२ ( सुर्य)

निकटतम प्रतिद्धन्द्धीःहरि भट्टराई, प्राप्त मत–६२६ (रुख)

मतान्तरः२७६

मदाने गाउँपालिका

यसपालीकामा तीन प्रमुख दल एक्ला एक्लै लडेका थिए । जहाँ नेकपा एमालेले पालिका प्रमुख,उपप्रमुख दुबै पद जितेको छ । ७ वडा मध्ये , ६ वडा वडामा एमालेले जितेको छ । ति मध्ये ४ वडा वडामा भारी मतले जितेको छ , दुई वटा वडामा एकदमै झिनो मतान्तरले जितेको छ । एउटा वडामा कांग्रेसले जितको छ झिनो मतले । एउटामा एमालेले कांग्रेसलाई जम्मा ९ मतले हराएको छ । जहाँ माओवादी केन्द्र पनि काग्रेस हाराहारीको मतमा छ ।

वडा नम्वर –१, विजयी वडाध्यक्ष प्रेमचन्द्र बोहरा, प्राप्त मत–५७५.(ुसुर्य )

निकटतम प्रतिद्धन्द्धीःराजेन्द्र बिष्ट, प्रात मत–२५४ (रुख )

मतान्तरः ३२१

वडा नम्वर–२, विजयी उमेदवार माधवप्रसाद भुसाल, प्राप्त मत–७६८ ( सुर्य)

निकटतम प्रतिष्पधीः मोतीबहादुर खत्री, प्राप्त मत–४५६.( रुख )

मतान्तर ः३१२

वडा नम्वर–३, विजयी वडाध्यक्ष नारायण घर्ति,प्राप्त मत–८१३ (सुर्य)

निकतम प्रतिद्धन्द्धीः डिलहरी सेन ओली प्राप्त मत– ४५८ (रुख )

मतान्तरः ३५५

वडा नम्वर–४, विजयी वडाध्यक्ष भिमप्रसादक कुँवर, प्राप्त मत–४५० (सुर्य )

निकटतम प्रतिद्धन्द्धीः नङ्गनारायण भट्टराई,प्राप्त मत–३७३ (रुख)

मतान्तरः७७

वडा नम्वर–५, विजयी वडाध्यक्ष हिमाल खड्का, प्राप्त मत–४४५(सुर्य )

निकटतम प्रतिद्धन्द्धीः निमाकुमारी सेन ,प्राप्त मत–३०३ (रुख )

मतान्तरः१४२

वडा नम्वर–६, विजयी वडाध्यक्ष लोकबहादुर कुँवर,प्राप्त मत–७४० ( सुुर्य )

निकटतम प्रतिद्धन्द्धीः मनिराम थापा,प्राप्तमत–७३४ ( रुख )

मतान्तरः ६

वडा नम्वर–७, विजयी वडाध्यक्ष काशीबहादुर बोहरा, प्राप्त मत–६३८ ( रुख )

निकट प्रतिद्धन्द्धीः प्रेमनारयाण घिमिरे, प्राप्त मत–५४३ (सुर्य )

मतन्तरः ९५

मालिका गाउँपालिका

यस पालिकामा प्रमुख, उपप्रमुख दुबै पद एमालेले जितेको छ । ८ वटा रहेको त्यस पालिकामा ७ वटा वडामा एमालेले जितेको छ । त्यस मध्ये दुईवटामा माओवादीलाई झिनो मतले पराजित गर्दै एमाले विजयी भएको हो । अर्कोमा माओवादी काग्रेस गठबन्धनबाट माओवादी केन्द्रका सुर्यबहादुर जिसीलाई (भाई ) एमालेका टिकाबहादुर जिसीले जम्मा १९ मतले हराएका छन् । एक वडामा माओवादीलाई १०१ मतले पराजित गर्दै कांग्रेस विजयी भएको थियो ।

वडा नम्वर–१ , विजयी वडाध्यक्ष ईन्द्रबहादुर घर्ति, प्राप्त मत–३३८ (रुख )

निकटतम प्रतिद्धन्द्धीः जितबहादुुर सुुनार, प्राप्त मत–२३७ (हँसिया हतौडा )

मतान्तरः१०१

वडा नम्वर–२, विजयी वडाध्यक्ष बुुद्धविर घर्ति, प्राप्त मत–५७२ (सुर्य )

निकटतम प्रतिद्धन्द्धीः प्रेमबहादुर श्रीस,प्राप्त मत–४७५ ( रुख )

मतान्तरः ९७

वडा नम्वर–३, विजयी वडाध्यक्ष राजकुमार बिक, प्राप्त मत–२८५( सुर्य )

निकटतम प्रतिद्धन्द्धीःज्ञानबहादुर बुढा मगर, प्राप्त मत–२६३ (हँसिया हतौडा )

मतान्तरः२२

वडा नम्वर–४, विजयी उमेदवारःहिरालाल अर्याल, प्राप्त मत–३५३ (सुर्य)

निकटतम प्रतिद्धन्द्धीःउपेन्द्र अर्याल,प्राप्त मत–३४४ (रुख )

मतान्तरः ९

वडा नम्वर–५, विजयी वडाध्यक्षः श्यामलाल गिरि,प्राप्त मत–५१८ (सुर्य )

निकटतम रेखाकुमार जिसी प्राप्त मत–४५४ ( रुख )

मतान्तरः६४

वडा नम्वर–६, विजयी वडाध्यक्ष शोभाखर गिरि,प्राप्तमत–७२५ ( सुर्य )

निकट्तम प्रतिद्धन्द्धीः दिपक भण्डारी,प्राप्त मत–६०९(रुख )

मतान्तरः ११६

वडा नम्वर–७, विजयी वडाध्यक्ष वेदप्रसाद पन्थी,प्राप्तमत–६७९(सुर्य )

निकटतम प्रतिद्धन्द्धीःहरिनारायण लम्साल प्राप्त मत ४३४ (रुख )

मतान्तरः४५

वडा नम्वर–८,विजयी वडाध्यक्ष टिकाबहादुुर जिसी,प्राप्तमत–८१७ (सुर्य )

निकटतम प्रतिद्धन्द्धीः सुर्यबहादुर जिसी,प्राप्त मत ७९८ ( रुख,)

मतान्तरः१९

मुुसिकोट नगरपालिका

यसपालिकामा एमालेले प्रमुख उपप्रमुख दुबै पद जितेको छ,।९ वडा मध्ये ८ वटामा एमालेले जितेको छ । उसले जितेका वडाहरु मध्ये ३ वटा वडाहरुमा ५५,२० र जम्मा २ मतको अन्तरले काग्रेसलाई पछाडी पार्दै जितेको हो । अन्य ५ वटा वडामा भारि मतले जितेको छ । एउटा वडामा कांग्रेसले एमालेलाई जम्मा ७ मतको अन्तरले जितेको छ।

वडा नम्वर–१,विजयी वडाध्यक्ष पुर्णबहादुर हितान, प्राप्त मत–८६० ( रुख )

निकटतम प्रतिद्धन्द्धीः हिरा गिरिः प्राप्त मत–८५३ ( सुर्य )

मतान्तरः ७

वडा नम्वर २ ,विजयी उमेदवार लक्ष्मण खत्री,प्राप्त मत–६८५ (सुर्य )

निकटतम प्रतिद्धन्द्धीः रामबहादुर केसी प्राप्त मत–५७७ (रुख)

मतान्तर १०८

वडा नम्वर–३, विजयी वडाध्यक्षः कर्णबहादुर घर्ति क्षेत्री,प्राप्त मत–६२१ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी, झविलाल भण्डारी,प्राप्त मत–६१९ ( रुख )

मतान्तरः २

वडा नम्वर–४, विजयी उमेदवार ओमबहादुर केसी प्राप्तमत–११६१ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी सहयोदर दाजु यामबहादुर खत्री ,प्राप्त्मत–९२७ (रुख )

मतान्तरः २३४

वडा नम्वर–५, विजयी वडाध्यक्ष भागिरथ खरेल, प्राप्त मत–८४१ ( सुर्य )

निकटतम प्रतिष्पधी, मिना घर्ति प्राप्त मतः–५६८ ( रुख )

मतान्तरः २७३

वडा नम्वर–६, विजयी वडाध्यक्ष्ँ खडकबहादुर खडका प्राप्त मत–६७९ (सुर्य )

निकटतम प्रतिद्धन्द्धी,ज्ञानहरी सापकोटा, प्राप्त मत–५२५ ( रुख )

मतान्तरः१५४

वडा नम्वर–७ विजयी वडाध्यक्ष प्रकाश काफ्ले, प्राप्त मत–७०९ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी, सुदर्शन शाक्य, प्राप्त मत–६५४ ( रुख )

मतान्तरः५५

वडा नम्वर–८, विजयी वडाध्यक्ष नारायण सापकोटा, प्राप्त मत–६५२( सुर्य )

निकटतम प्रतिद्धन्द्धीःतारकबहादुर रायमाझी प्राप्त मत–४५६( रुख )

मतान्तर–१९६

वडा नम्वर–९,विजयी वडाध्यक्ष नरेशराज खरेल,प्राप्त मत–३९४ (सुर्य )

निकटतम प्रतिद्धन्धी गिरिराज खरेल,प्राप्त मत–३७४ (रुख )

मतान्तर:२०

रुरुक्षेत्र गाउँपालिका

विगतमा काग्रेस माओवादी गठबन्धन भएको यसपालिकमा प्रमुख , उपप्रमुख एमालेले जितेको छ । ६ वडा वडा मध्ये ५वटा वडामा एमालेले जितेको छ । एउटामा भारी मतले माओवादीले जितेको छ । एमालेले जितको वडाहरुमध्ये ४ वटामा भारि मतले जितेको छ भने एउटामा जम्मा ९ मतले जितेको थियो।

वडा नम्वर –१, विजयी वडाध्यक्ष रामलाल बिक,प्राप्त मत–१०७७ (सुर्य)

निकटतम प्रतिद्धन्द्धी रामचन्द्र भट्टराई प्राप्त मत–४४० (रुख)

मतान्तरः ६३७

वडा नम्वर –२, विजयी वडाध्यक्ष घनश्याम अर्याल प्राप्त मत–६७५( सुर्य )

निकटतम प्रतिद्धन्द्धीः मंगलबहादुर रेगामी,प्राप्त मत–६१० (रुख )

मतान्तरः६५

वडा नम्वर –३, विजयी वडाध्यक्ष शेषनारायण पोखरेल प्राप्त मत–८२८ (सुर्य )

निकटतम प्रतिद्धन्द्धीःभाष्कर ज्ञवाली, प्राप्त मत–४४१ (रुख)

मतान्तरः३३७

वडा नम्वर–४, विजयी वडाध्यक्ष फर्शुराम ज्ञवाली,प्राप्तमत–१५०३ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी नारायण प्रसाद पौड्याल प्राप्त मत–७२९ ( हँसिया हतौडा)

मतान्तरः७७४

वडा नम्वर–५, विजयी वडाध्यक्ष हरिप्रसाद ज्ञवाली, प्राप्त मत–९०५ ( हँसिया हतौडा )

निकतम प्रतिद्धन्द्धीः मिनप्रसाद ज्ञवाली प्राप्त मत–६३१ (सुर्य )

मतान्तरः २४७

वडा नम्वर–६, विजयी वडाध्यक्ष पुर्णबहादुर रेगामी प्राप्त मत–६३८ (सुर्य )

निकटतम प्रतिद्धन्द्धी वेदबहादुर दर्लामी प्राप्त मत–६२९

मतान्तरः ९

रेसुङ्गा नगरपालिका

तीन प्रमुख दल एक्ला एक्लै लडेको यसपालिकामा प्रमुख उपप्रमुख दुबै पद झिनो मतले एमालेले जितेको थियो । १४ वटा वडाहरु रहेको यसपालिकामा कांग्रेसले ८ वटा वडा जितेको थियो । उसले जितेको ८मध्ये ५ वटा वडा झिनो मतले जितेको थियो । एमालेले जितेको ६ वटा वडा मध्ये एउटामा गोला प्रर्था , दुई वटामा झिनो मतले र अन्य ३ वटामा भारी मतले जितेको थियो ।

वडा नम्वर–१, विजयी उमेदवार,अखिलेश्वर प्रसाद पाण्डे,प्राप्त मत–३५३ ( रुख )

निकटतम पतिद्धन्द्धी रामप्रसाद पन्थी प्राप्त मत–३३२ ( सुर्य )

मतान्तर–२१

वडा नम्वर–२, विजयी वडाध्यक्ष उदयबहादुर थापा,प्राप्त मत–३६६ (रुख )

निकटतम प्रतिस्पर्धी उत्तमबहादुर कुँवर प्राप्त मत–३१६ (सुर्य)

मतान्तरः५०

वडा नम्वर–३, विजयी वडाध्यक्ष थम्मनबहादुर खत्री, प्राप्त मत–४५३(रुख)

निकटतम प्रतिद्धन्द्धी बलबहादुर कुँवर प्राप्तमत–४२७ ( सुर्य )

मतान्तर २६

वडा नम्वर ४, विजयी वडाध्यक्ष विजय कुमार मरासीनी,प्राप्त मत–४९३ (सुर्य)

निटकतम प्रतिद्धन्द्धी लिलाधर आचार्य ,प्राप्त मत ४९३ ( रुख )

मतान्तर ० , गोलापर्था

वडा नम्वर–५, विजयी वडाध्यक्ष हरिप्रसाद खनाल, प्राप्त मत–४५९ ( रुख )

निकतम प्रतिद्धन्द्धी गणेश प्रसाद मरासीनी प्राप्त मत ३१६ ( सुर्य )

मतान्तर १४३

वडा नम्वर –६, विजयी वडाध्यक्ष गनबहादुर गुरुङ्ग प्राप्त मत–६६४( सुर्य )

निकटतमप्रतिद्धन्द्धीदुर्गाबहादुरमरासीनीप्राप्तमत–३०४

मतन्तरः ३६०

वडा नम्वर–७, विजयी वडाध्यक्ष मोहन प्रसाद पाण्डे, प्राप्त मत–५६५( सुर्य )

निकटतम प्रतिद्धन्द्धी रुद्रप्रसाद पाण्डे प्राप्त मत–४५४ ( रुख )

मतान्तर १११

वडा नम्वर–८विजयी वडाध्यक्ष भरत भलामी प्राप्त मत–४२२ ( रुख )

निकटततम प्रतिद्धन्द्धी पिताम्वर काउछा प्राप्त मत–३९० ( सुर्य )

मतान्तर ३२

वडा नम्वर –९ विजयी वडाध्यक्ष नारायण सुनार प्राप्त मत ४७३ ( सुर्य )

निकतम प्रतिद्धन्द्धी कृष्णप्रसाद पाण्डे प्राप्त मत–३७७ ( रुख ं)

मतान्तर ९६

वडा नम्वर –१०, विजयी वडाध्यक्ष पदम प्रसाद पाण्डे ,प्राप्त मत–८९३ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी जयप्रसद अर्यल प्रप्त मत–७६४ (रुख )

मतन्तरः १२९

वडा नम्वर –११, खुमबहदुर राना प्रप्त मत–३७२ ( सुर्य)

निकटतम प्र्रतिद्धन्द्धी डिलबहादुर राना प्राप्त मत–२०८ ( रुख )

मतन्तरः १६४

वडा नम्वर–१२ विजयी वडाध्यक्ष कुलबहादुरटण्डन प्राप्त मत–३६१ (रुख )

निकटतम प्रतिद्धन्द्धी ओमबहादुर टण्डन प्राप्त मत–२४६ (सुर्य )

मतान्तर ११५

वडा नम्वर–१३, विजयी वडाध्यक्ष खुमबहादुर खत्री प्राप्त मत–३४५(रुख)

निकटतम प्रतिद्धन्द्धी देवबहादुर छन्त्याल प्राप्त मत–१५८ (सुर्य)

मतान्तर१८७

वडा नम्वर–१४, विजयी वडाध्यक्ष शेरबहादुर पहराई प्राप्त मत ६९३ (रुख)

निकततम प्रतिद्धन्द्धी भविश्वर पोखरेल प्राप्त मत–६०४(सुर्य)

मतान्तर ८९

सत्यवती गाउँपालिका

काग्रेस, माओवादी र एमाले जनमोर्चागठबन्धन गरिएको यसपालिकामा पालिका प्रमुख कांग्रेस र उपप्रमख एमालेले जितेको थियो । ८ वटा वडा मध्ये ६ वटा वडा एमालेले जितेको थियो । त्यस मध्ये २ वटा वडा झिनो मतले र ४ वटा वडा मध्ये कतिपयमा दोब्बर र कतिपयमा दोब्बर बढिले जितेको थियो । काग्रेसले जितको दुई वटा वडा मध्ये एउटामा दोब्बर भन्दा बढि र अर्कोमा झण्डै दोब्बर मतले जितको थियो । त्यस पालिकामा एक वडामा माओवादी केन्द्र र अर्कोमा जनमोर्चा निकटतम प्रतिद्धन्द्धी रहेका थिए ।

वडा नम्वर–१, विजयी वडाध्यक्ष भिमलाल पाण्डे, प्राप्त मत–७२० ( सुर्य)

निकटतम प्रतिद्धन्द्धी गोपाल प्रसाद पाण्डे प्राप्त मत–६७९ ( रुख )

मतान्तरः ४१

वडा नम्वर–२ निर्वाचित वडाध्यक्ष ,दधिराम कुँवर क्षेत्र प्राप्त मत–५०६ (सुर्य )

निकटतम प्रतिद्धन्द्धी ओमबहादुर कुँवर प्राप्त मत– ४२४ (गिलास)

मतन्तर८२

वडा नम्वर–३, विजयी वडाध्यक्ष रुकबहादुर राना मगर प्राप्त मत–८९२ (सुर्य )

निकटतम प्रतिद्धन्द्धी जितबहादुर तरामु मगर प्राप्त मत–७८४ (हँसिया हतौडा)

मतान्तर १०८

वडा नम्वर–४, विजयी वडाध्यक्ष दानबहादुर राना , प्राप्त मत–७९२ (ुसुर्य )

निकटतम प्रतिद्धन्द्धी शेरबहादुुर थापा मगर प्राप्त मत–५६२ ( रुख )

मतान्तर २३०

वडा नम्वर–५ ,विजयी वडाध्यक्ष ओमप्रकास भण्डारी , प्राप्त मत–७७८ (सुुुर्य )

निकततम प्रतिद्धन्द्धी हरिलाल भण्डारी, प्राप्त मत–५३९ ( रुख )

मतान्तर २५३

वडा नम्वर –६ ,विजयी वडाध्यक्ष विष्णु प्रसाद भण्डारी,प्राप्त मत–११९८(रुख)

निकटतम प्रतिद्धन्द्धी टिकाराम भण्डारी प्राप्त मत–५३१ ( सुर्य )ं

मतान्तर ६६७

वडा नम्वर–७, विजयी वडाध्यक्ष लोकबहादुर बुढाथोकी प्राप्त मत–७९२ ( सुर्य )

निकटतम प्रतिद्धन्द्धी चन्द्रमणि सापकोटा प्राप्त मत–४२९ ( रुख)

मतान्तर ३६३

वडा नम्वर–८ , विजयी वडाध्यक्ष सन्तकुुमार थापा, प्राप्त मत–३९९ ( रुख )

निकटतम प्रतिद्धन्द्धी धनबहादुर काउछा प्राप्त मत–३१३ (सुय)

मतान्तर ८६

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार