२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।

Advertisement

“क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उनले भने, “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । अस्सी प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।

मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता कर्णाली सरकारको निर्णय- १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ ३ जना सम्पर्क बाहिर