ताजा अपडेट »

अर्घाखाँचीमा विप्लवका १२ कार्यकर्ता पक्राउ

मंगलबार, ३० कार्तिक २०७८, १४ : ४१
2 Shares

अर्घाखाँची । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा निस्किएका नेकपाका १२ जना पक्राउ परेका छन् । अघांखाँचीको शितगंगा नगरपालिका – ११ धानखोलाबाट १२ जना नेता कार्यकर्ता पक्राउ परेका हुन् । बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका १२ जना कार्यकर्ता लाई भालुवाङ ईलाका प्रहरी कार्यालय लगिएको छ

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरि, सेल सेक्रेटरी कर्ण बहादुर राना होम बहादुर केसि सन्तोष काउछा देबेन्द्र पुन, नारायण बहादुर मोहोरा, मकर सुनार, संखर घर्ती, पुण बहादुर राना, सन्तराज खत्री, पूर्ण बहादुर मोहोरा लगाएत १२ जनालाई भालुवाङ ईलाका प्रहरीद्वारा धान खोलाबाट गिरफ्तार गरेको जिल्ला सेक्रेटरी खेम घर्ति मगरले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।