ताजा अपडेट »

रुपन्देहीमा एक सातामा ३ ठूला आगलागी, ७ करोडको क्षति !

शुक्रबार, २६ कार्तिक २०७८, १६ : २७
8 Shares

बुटवल । रुपन्देहीमा ऋंखलावद्ध रुपमा आगलागीका घटना भएका छन् । एक साताकै अवधीमा जिल्लामा तीन ठूला आगलागीका घटना भएका छन् । आगलागीबाट प्रहरीका अनुसार करिब ७ करोडको क्षति भएको छ । तिहार सुरु भएकै दिन कात्तिक १६ गते बुटवलको एक सलाई फ्याक्ट्रीमा भिषण आगलागी भयो। त्यसपछि पनि लगातार २ वटा ठूला आगलागीका घटना भएक छन्।

पहिलो आगलागी (कार्तिक –१६ गते )
बुटवल उपमहानगरपालिका–१६ स्थित सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई फ्याक्ट्रीमा राती ८ बजे लागेको आगो राति १२ बजे नियन्त्रणमा आएको थियो । लागलागीबाट करिब ४ करोड बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय (रन्यौरा) मुर्गियाका प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए । विद्युत सट भएर फ्याक्ट्री लागलागि भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक चक्रडम्बर पालले बताए।

दोस्रो आगलागी (कार्तिक–२२ गते)
यस्तै कात्तिक २२ गते अर्थात भाइटिकाको दोस्रो दिन बुटवलका ३ घरमा आगलागी भयो । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ३ बटा घरमा आगलागी भएको थियो । सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो।

लागलागीबाट एउटा घर पूर्ण रुपमा जलेको र अन्य दुई घरमा आंशिक क्षति भएको छ भने अलकत्रा बोकेको ट्याङकर पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले बताए ।

तेस्रो आगलागी (कार्तिक–२५ गते)

बिहीबार साँझ (२५ कात्तिकमा) तिलोत्तमास्थित एक फनिर्चरमा भयो । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको कनौजे ट्रेडर्समा बिहीबार साँझ साढेँ ५ बजेदेखि लागेको आगो मध्यराति १२ बजेपछि मात्रै नियन्त्रणमा आएको थियो । प्लाई उडको काम गर्ने क्रममा फर्निचरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचरमा रहेका सबै काठ जलेर नष्ट भएको छन् ।

लागलागीबाट भएको पुरा क्षतिको विवरण अझै संकलन हुन बाँकी रहेको भए पनि २ करोड बढीको क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । तीनै स्थानमा लागेको आगलागीको सुक्ष्म रुपमबाट अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता थापाले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।