ताजा अपडेट »

१५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

मंगलबार, २९ भदौ २०७८, १६ : ५५
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ५८९ संक्रमित निको भएका छन्।  संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९८४ जनाको मृत्यु भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।