ताजा अपडेट »

सुदूरपश्चिममा थप २२ जनामा संक्रमण, एकको मृत्यु

सोमबार, २८ भदौ २०७८, २१ : ४६
14 Shares
सोमबार, २८ भदौ २०७८
14 Shares

बैतडी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८७३ जनाको नमूना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सात जनामा पीसीआर र १५ जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा जिल्ला अस्पताल डोटीमा तीन, डडेल्धुरा अस्पताल र महाकाली अस्पतालमा दुईरदुई जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, डडेल्धुराधामा तीन, कैलालीका दुई, दार्चुला र बझाङका एकरएक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरका ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसअघि आइतबार सुदूरपश्चिमका तीन जनामा सङ्क्रमण पुष्टि हुँदा १३ जना सङ्क्रमणमुक्त भएका थिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।