१० माघ २०७८, सोमबार

Jan 24, 2022

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा यही भदौ १९ (भोलि) देखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।

Advertisement

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको राससलाई जानकारी दिए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेको चन्द्रागिरि सरकारले निशेषधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो ।

निशेषधाज्ञा हटेसँगै चन्द्रागिरि केवलकारसमेत पूर्णरूपमा सञ्चालन आउने भएको छ । यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केवलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिबारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केवलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए ।

“कोरोना महामारीका कारण बन्द रहेको केवलकार भोलिदेखि पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ”, उनले भने । केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यट्रकका लागि महत्वपूर्ण गन्तव्यस्थल बनिरहेको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे