ताजा अपडेट »

रोटरी क्लब तिनाउद्वारा ह्विल चियर सहयोग

सोमबार, १४ भदौ २०७८, १३ : १८
4 Shares

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलले अपांगता भएका महिलालाई ह्विलचियर प्रदान गरेको छ । क्लबले तीजको अवसर पारेर तीजमिलनका कार्यक्रमको आयोजना गरी २ जनालाई ह्विल चियर वितरण गरेको हो ।

लामो समयदेखी अपांगता जीवन बिताइरहेकी बुटवल-७ की नमा घिमिरे र तिलोत्तमा-९ की दुर्गादेबी थापालाई रोटरी इन्टरनेशनल नेपाल भुटान अन्तर्गत जोन २८ एसाइन असिस्टेन्ट गभर्नर देबि गुरुङले चेयर प्रदान गरिन् । गुरुङले सामाजिक सेवामा रोटरी अभियानमा लागीरहँदा रोटरी तिनाउले गरेको कार्यप्रति आभार व्यक्त गरिन् । स्वार्थभन्दा माथिको सेवा भावले स्थापना गरिएका सामाजिक संघ सस्थाले एक अर्कामा दुःख-सुख साटासाट गर्नुपर्ने गुरुङको भनाई छ ।

तीजको प्रसङ्गमा बोल्दै गुरुङले महिलाहरुको परम्परादेखि चलिआएको तीज पर्व कुनै धर्मसँग सम्बन्धित नभई सम्पूर्ण नेपाली महिलाहरुले धुमधामका साथ मनाउनु सकारात्मक पक्ष भएको बताइन् । कार्यक्रममा ह्विल चियर प्राप्त गरेकी घिमिरे र थापाले आफूहरुको दुःखलाई बुझेर संस्थाले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।

स्वतन्त्र बिकास समाज नेपाल रुपन्देहीको समन्वयमा र्राष्ट्रिय अपाङ्ग पुनःस्थापना केन्द्र समाज अनामनगरको सहयोगमा अटोमेटिक ह्विलचेयर प्रदान गरिएको सचीव साबित्रा घिमिरेले जानकारी दिइन् । क्लबका जिएसआर एजाज आलमले महिलाहरुले पनि जस्तासुकै काम गर्न सक्छन् भन्ने उदाहरणीय बन्न सफल भएको बताए । क्लब स्थापना गर्दाको क्षण स्मरण गर्दै आलमले उत्कृष्ट कार्य गरि आफ्नो पहिचान बनाउन सुझाव दिए ।

मातृ क्लबका अध्यक्ष होमराज बस्यालले रोटरी तिनाउले सधै उत्कृष्ट कार्यक्रम आयोजना गर्दै आइरहेको बताए । कार्यक्रमका संयोजक सर्जेन्ट एट आम्स फस्ट राधिका पोखरेलले तीजको ऐतिहासिक महत्वलाई जोगाइराख्न पनि कार्यक्रमको आयोजना गरिएको बताइन् । रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष साधना अधिकारी, पूर्व अध्यक्ष जमुना पौडेल, ज्ञानधरा पन्थ लगायतले एक आपसमामा रमाइलो गर्दै चाडपर्व मनाउनु पर्नेमा जोड दिए । कार्यक्रम इलेक्ट प्रेसीडेन्ट कल्पना तिवारी धन्यवाद ज्ञापन, अध्यक्ष प्रतिमा भट्टराईको अध्यक्षता तथा सचीव साबित्रा घिमिरेको संचालनमा सम्पन्न भएको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।