९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

Advertisement

काठमाडौ । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड १९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ। अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो। देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सर्वेक्षणको नतिजा मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो।

सर्वेक्षणले एक मात्रा खोप लिएकामध्ये ८० प्रतिशत र दुवै मात्रा खोप लिएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनेको देखाएको छ। यसको अर्थ नेपालमा प्रयोग गरिएको खोपको प्रभावकारिता राम्रो रहेको महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए। ‘प्रारम्भिक सर्वेक्षणमा खोप लगाएकाहरूमा देखिएको एन्टिबडी सकारात्मक छ’, उनले भने।

विश्व स्वास्थ्य संगठनको सहयोगमा महाशाखाले असार २१ देखि साउन ३० भित्रमा प्राप्त नमुना समेटेर अध्ययन गरेको थियो। सर्वेक्षणमा १३ हजार ७ सय जनामा अध्ययन गर्ने लक्ष्य लिइएकोमा १३ हजार १ सय ६१ जनाको परिणामका आधारमा प्रारम्भिक नतिजा प्रकाशित गरेको पौडेलले बताए।यो समाचार आजको नागरिक दैनिकमा छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली