ताजा अपडेट »

पश्चिम नवलपरासीमा एक वर्षमा १४२४ फर्म दर्ता, ५ अर्ब ६ करोडबढीको लगानी

बुधबार, ०९ भदौ २०७८, १९ : ०७
2 Shares

परासी । घरेलु तथा साना उद्योग कार्यालय, पश्चिम नवलपरासीले कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वाणिज्य तर्फ एक हजार ४२४ वटा नयाँ फर्म दर्ता गरेको छ । नयाँ फर्मसँगै जिल्लामा वाणिज्य तर्फ १५ हजार ५४ वटा फर्म दर्ता भई सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

यस्तै उद्योग तर्फ आर्थिक वर्ष २०७७/०७८ मा २ हजार एक सय ६७ वटा विभिन्न प्रकृतिका नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका नयाँ उद्योगसँगै जिल्लामा ९ हजार ९ सय ३५ उद्योग सञ्चालनमा रहेको उद्योग अधिकृत नेत्रप्रसाद भुषालले जानकारी बताए ।

जिल्लामा दर्ता भई सञ्चालनमा रहेका उद्योगहरुले रोजगारी सृजना गर्ने काम पनि गरेका छन् । जसबाट महिला ३ हजार ६८३ र पुरुष ५ हजार ४४९ गरी ९ हजार १३२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जिल्लामा सञ्चालित घरेलु तथा साना उद्योगबाट कुल ५ अर्व ६ करोड ६ हजार रुपैया लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

जिल्लामा फर्म तथा उद्योग दर्ताको नविकरण गर्नेको संङ्ख्या भने न्यून रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा वाणिज्य तर्फका फर्मको नविकरण ८ सय ३६ ले मात्र गरेका छन् ।

त्यस्तै उद्योग तर्फ पनि नविकरण गरी उद्योग संचालन गर्नेको संख्या झनै न्यून रहेको छ । उद्योग तर्फ आर्थिक वर्ष २०७७/र०७८ मा ३ सय ९५ वटा उद्योगले मात्र घरेलु तथा साना उद्योग कार्यालयमा नविकरण गरेका छन् । उद्योग अधिकृत भुषालले पटक/पटक ताकेता गर्दा र आमसञ्चार माध्यमबाट सूचना गर्दा पनि व्यवसायीहरु नविकरण गर्न नआएको समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।