ताजा अपडेट »

स्थानीय तहमा क्रियाशिल ट्रेड युनियन संगठनहरुको बैठक

शुक्रबार, ०४ भदौ २०७८, १९ : ०६
4 Shares

काठमाडौं । मुलुकभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेशागत माग र मुद्दाहरुका विषयमा स्थानीय तहमा क्रियाशिल रहेका ट्रेड युनियन संगठनहरुको काठमाडौंमा बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट निकट भविष्यमा स्थानिय तहका ट्रेड युनियनहरुको संयुक्त बैठक बसि साझा सहमति निर्माण गरि अगाडि बढ्दै जाने निर्णय भएको छ ।

सो अवसरमा एशोसियसनका नारायण प्रसाद तिमिल्सिनाले संगठनको विशेष पहलमा नेपाल सरकारको मन्त्री परिषदको कार्यसूची परेर समेत परित हुन बाँकी रहेको कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि तदारुकता साथ संयुक्तरूपमा थप पहल गर्नुपर्ने धारणा राखे ।

यस्तै बैठकमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघको तर्फबाट गोपाल प्रसाद पोखरेल, स्थानीय तह कर्मचारी युनियनका बागमति प्रदेश संयोजक शिबजि भट्टराई लगाएतले धारणा राखेका थिए । बैठकमा सहभागीहरुलाई स्वागत गर्दै जनप्रतिनिधिको तर्फबाट सधै साथ र सहयोग रहने विश्वास काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिब सुन्दरराज बैधज्युले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।