ताजा अपडेट »

पाइपलाइन विस्तारका क्रममा घर भत्कियो

शुक्रबार, ०४ भदौ २०७८, १५ : १३
8 Shares

काठमाडौँ । काठमाडौँको सामाखुसीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका–२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रह्लाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए । घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुसी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।