२१ माघ २०७९, शनिबार

Feb 4, 2023

रुकुम । पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । वडा नं ५ को काजरजङ्ग र वडा नं २ को पेल्मालाई जोड्ने गरी तीपै दोभान खोलामा २१० मिटर लामो पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको छ । यसभन्दा अगाडि हिँड्नलाई गोरेटो बाटोसमेत नभएको उक्त ठाउँमा पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको त्यहाँका नागरिकले बताएका छन् ।

Advertisement

भौगोलिक हिसाबले पनि विकट र अहिलेसम्म सडक सुविधा नपुगेको उक्त ठाउँमा निकै कष्टपूर्ण तरिकाले पुल निर्माण गरिएको हो । तीपै दोभान खोला तर्दाको जोखिम र समस्यालाई मध्यनजर गर्दै पुल निर्माण भएपछि वडा नं २ का बासिन्दालाई ठूलो राहत मिलेको नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य पुनीराज घर्तीले बताए ।

उहाँका अनुसार यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए । काठेपुल भए पनि यात्रा गर्न सबैका लागि सहज थिएन । गारेटो बाटोसमेत नभएकाले वडावासीले गाउँपालिका केन्द्र, सदरमुकाम आउनका लागि वडा नं १ मैकोटबाट घुमेर मयाङ हुँदै आउने गरेका थिए । अहिले पुल निर्माण भएपछि भने वडावासी सिधै काजरजङ्ग पुगेर तकसेरा पुग्न सक्ने घर्तीले बताए ।

सडक पनि नपुगेको उक्त ठाउँमा घोडा, खच्चडबाट र मानिस आफैँले बोकेर नयाँबजारबाट पुल निर्माणका सामग्री ओसारेका थिए । उक्त पुल निर्माणको जिम्मा हिमशिखर निर्माण सेवाले रु एक करोड ८० लाखमा लिएको थियो । गत वर्षको भदौबाट सुरु गरिएको पुल निर्माण केही समय अगाडि सकिएको थियो । यस्तै तीपै दोभान खोलाको पुलसम्म पुग्नका लागि वडा नं ५ काजरजङ्गको काखोलामा १३० मिटर लामो पुल पनि निर्माण गरिएको छ । सोही निर्माण सेवाले रु ८७ लाखमा उक्त पुल निर्माण गरेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै