ताजा अपडेट »

नाईस ग्रुपको पाँच करोड लगानीमा हार्डवेयर्स प्रा.लि.

मंगलबार, २१ साउन २०७६, १७ : १३
6 Shares


साउन २१,

तिलोत्तमा । नाईस ग्रुपले करिब पाँच करोडको लगानीमा हार्डवेयर्स प्रा.लि. सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका–५, मणिग्राम राधाकृष्ण टोलमा नाईस हार्डवेयर्स प्रा.लि. सञ्चालनमा आएको हो ।


प्रा.लि.को मंगलबार तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष जेपि कंडेलले उदघाटन गरे । त्यस अवसरमा बोल्दै उनले व्यवसायमार्फत स्वरोजगार बन्नु सबैभन्दा ठूलो कुरा भएको भन्दै व्यावसायिक प्रतिष्पर्धाका बीच उपभोक्तालाई सहज सेवा प्रदान गर्न प्रा.लि.लाई आग्रह गरे । नौ जना व्यवसायीहरुको लगानीमा उक्त हार्डवेयर्स प्रा.लि. सञ्चालनमा ल्याइएको हो । प्रा.लि. मा हार्डवेयर्ससँग सम्बन्धित छड, सिमेन्टका अतिरिक्त रंग, सेनेटरी लगायतका निर्माण सामग्रीहरु उपलव्ध हुने अध्यक्ष शंकर शर्मा गैरेले जानकारी दिए ।

ग्राहकलाई सहज, शुलभ र सहुलियतपूर्ण ढंगले सेवा प्रदान गर्ने लक्ष्यका साथ हार्डवेयर्स प्रा.लि.को शुभारम्भ गरिएको र बर्जर पेन्टको आधिकारिक बिक्रेताका साथै सबैखाले निर्माण सामग्री उपलव्ध हुने उनले बताए । नाईस ग्रुपले बुटवलको कालिकानगरमा बिगत पाँच वर्षदेखि नाईस इन्टरनेशनल ट्रेड लिंक प्रा.लि. पनि सञ्चालन गरिरहेको छ । भविष्यमा अरु ठाउँहरुमा पनि शाखा बिस्तारको योजना रहेको अध्यक्ष गैरेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।