१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

कावासोती । कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो । दूधको उत्पादन बढाउन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले दूधमा प्रतिलिटर रु १।२५का दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए ।

जनकल्याण दुग्ध विकास सहकारी संस्था,साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिकाभित्रका एक हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको रु १।२५ का दरले गत आवमा अनुदान प्रदान गरिएको उनको भनाइ थियो ।

कावासोती कृषिका लागि उर्बर क्षेत्र भएकाले त्यहाँ लगानी बढाउनाका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख पे्रमशङ्करमर्दनीया थारूले बताए । नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेटक्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनाका साथै गत वर्ष धानखेती गर्ने दुई हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उनको भनाइ थियो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ, के आउला अन्तिम फैसला ?