ताजा अपडेट »

बुटवलका २४ सहित रुपन्देहीमा थपिए ३७ संक्रमित

बुधबार, ३० असार २०७८, १६ : ३५

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २२४ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २४ जना, तिलोत्तामा नगरपालिकमा ८ जना, सैनामैना नगरपालिकामा ४ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२१ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।