ताजा अपडेट »

रुपन्देहीमा २०१ को परीक्षण गर्दा १४ जनामा संक्रमण, १ जनाको मृत्यु

शुक्रबार, २५ असार २०७८, १६ : २२
2 Shares

बुटवल । रुपन्देहीमा निषेधाज्ञा खुकुलो भएसंगै कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो संक्रमण आज भने केही कम भएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०१ जनाको परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ६, कञ्चन गाउँपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा र गैडहवा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । पछिल्लोे २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संऋया ५५०४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३६० रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।