१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

साउन ८,

Advertisement

टोकियो । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् ।

कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका तथा युरोपमा कारको बिक्री घटेपछि कम्पनीमा समस्या उत्पन्न भएको छ । निसानका एक जना प्रवक्ताले कर्मचारी कटौतीका बारेमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । जापानको निक्की दैनिकले बुधबार प्रकाशन गरेको समाचारमा अमेरिकामा कारको बिक्रीमा भएको मन्दीका कारण निसानको संचालन नाफामा पहिलो चौमासिक अवधिमा करिब ९० प्रतिशत कमी रहेको उल्लेख छ । यही विवरण बिहीबार कम्पनीले सार्वजनिक गर्न लागेको पनि निक्कीले लेखेको छ ।

निसानको पछिल्लो समय फ्रान्सेली साझेदार कार निर्माता कम्पनी रेनल्टसँग पनि विवाद चुलिएको छ । रेनल्टको जापानी कार निर्माता निसानमा करिब ४३ प्रतिशत शेयर लगानी छ । निसानको कर्मचारी कटौती योजनाले दक्षिण अमेरिका समेतका अरु केही क्षेत्रमा स्थापित कारखानामा असर पर्नेछ । खासगरी ज्यादै कम नाफा भइरहेका क्षेत्रका कारखाना बन्द हुनेछन् । -रासस/ एएफपी

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु