ताजा अपडेट »

नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण

मंगलबार, १५ असार २०७८, १६ : ४३
4 Shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६।४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७।४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९।८७ बिन्दुले घटेर ५२३।७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६।४४, व्यापार ४७।५३, होटल तथा पर्यटन १।३२, विकास बैंक १६७।१३, जलविद्युत् ७६।०३, वित्त ८७।६१, निर्जीवन बीमा २५१।५३, उत्पादन ३४।९८, अन्य ५१।३३, जीवन बीमा १६५।९८, सामूहिक लगानी कोष ०।०७ र लगानी ३।८४ ले घट्दा लघुवित्त उपसमूह भने २६।४ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ७९० मा रु ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल रु २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी रु २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी रु १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

ओरियण्टल होटल ५।७६, गुराँस लघुवित्त ४।२५, सामुदायिक लघुवित्त ३।६६, तारागाँउ रिजेन्सी होटल २।८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २।७४ प्रतिशतले कमाए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ८।५५, एचआइडिसिएल ८।०७, वेष्ट फाइनान्स कम्पनी ८।०१, श्री इन्भेष्टमेन्ट फाइनान्स ७।१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६।९० प्रतिशतले गुमाए ।

रासस
लेखकको बारेमा
रासस