२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

खलङ्गा । निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती भएको छ । गर्मी छल्न पाटन उक्लेका गोठालाहरु निरन्तरको वर्षाले समस्यामा परेका हुन् । भेडाको बथानसँगै पाटन र खर्कहरुमा बसेका गोठालाहरु अहिले विचल्लीमा छन् । एक सातादेखि निरन्तर पानी पर्दा गोठालालाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसीरहेका ती गोठालालाई एकातिर चट्याङको र अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । पाटनमा भरपर्दा गोठहरु नै छैनन् । आफैले बनाएका गोठहरु हावाहुरीले उडाउने खतरा हुन्छ ।

Advertisement

यहाँको तातोपानी गाउँपालिका– ७ सर्मीका गोठाला कृष्ण खड्काका अनुसार गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए । “कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थ्यो, २०७२ सालमा पनि १० दिन निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए”, उनको भनाइ थियो ।

घुमन्ते जीवन विताउने भेडीगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । अहिले सबै गोठ पाटन उक्लिएका छन् । पाटनकोे चार महिने बसाइपछि वेसी झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडीगोठहरु छन् । जुम्लामा भेडापालनलाई पुख्र्योली पेशाका रुपमा हेरिन्छ । “भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं, पाटनमा बस्न व्यवस्थित गोठ छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन”, अर्का भेडीगोठाला जय बहादुर रावतले दुखोसो पोखे ।

जुम्लामा ७४ हजार हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । “आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ”, कार्यालय प्रमुख महतले भने । चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उनको दावी छ । कर्णाली प्रदेशले यो वर्षदेखि ५० बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरु खुसी भएका छन् । अव तिनै तहका सरकारले पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडीगोठालाहरुको माग छ । भेडा हिउँदमा बेँसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेकसम्म भेडाबाख्रा चराउन लगिन्छ ।

भेडाको दूध, मकैको आँटो, ढिडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडी पाखी ओड्ने, ओछ्याउने गरिन्छ । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित नहुने कार्यालय प्रमुख महतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा