२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

ज्ञानेन्द्र नकर्मी नेपाली खेल जगतमा सुपरिचित नाम हाे । आफ्नो खेलजीवनकाे उत्कर्षकालमा मिलेको सुगठित शरीर भएकोले युवाहरुले उनको तुलना हलिउड अभिनेता आर्नोल्ड श्वाजनेगरसँग गर्दै उनलाइ नेपाली आर्नोड भन्ने गर्थे। उनको जन्म बि.स. २०२० सालमा काठमाण्डौ ठहिटीमा भएको थियो । युवा अबस्थामा नै हलिउडका चर्चित नायक आर्नोल्ड श्वाजनेगरको सुगठित शरीरबाट प्रभावित भए ।

Advertisement

आफ्नो शरीर पनि उस्तै बनाउने अभिलाषा लिए बि.स. २०४२ सालमा नेपाल व्यायाम मन्दिर छिरेका थिए । उति बेलाका उनका समकालिन व्यायाम गर्ने साथीहरु रत्नलाल मानान्धर, नारायण प्रधान, तिर्थ महर्जन र सुर्य मानान्धर लगायत थिए । आफुले व्यायाम गर्न शुरु गरेको छ महिनापनि नबित्दै उनले पहिलो प्रतियोगिताका रुपमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको प्रथम धर्मश्री क्लब स्तरिय प्रतियोगिता प्रतिस्पर्धा गरे । जसाा उनले ७० केजी ताैलभन्दा माथीको समुहमा स्वर्ण पदक जितेरै बिजय यात्राको थालनी गरे ।

बि.स. २०४३ सालमा भएको दोश्रो धर्मश्री प्रतियोगितामा समेत उनी हेभीबेट समुहमा पुनः स्वर्ण पदक जित्न सफल भए । सोहि बर्ष राखेपको आयोजनामा चितबनमा भएको छैठौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा मिष्ट्रर नेपालको उपाधि चुमे । बि.स. २०४५ सालमा दाङ्गमा भएको सातौ राष्ट्रिय प्रतियोगितामा समेत मिष्टर नेपलको उपाधिसँगै मोष्ट इम्प्रुभिङ्ग बडिअफ दि इयर समेत प्राप्त गर्न सफल भएको उनले बताए । त्यसपछि लगातर २०४६ सालमा धनगढीमा भएका आठौ, ४९ सालमा काठमाण्डौमा भएको नवौ राष्ट्रिय प्रतियोगितामा समेत लगातार उनि मिष्टर नेपाल भए ।

उनले काठमाण्डौ जेसिसको आयोजनामा बि.स. २०४९ सालमा भएको मिष्टर काठमाडौ खुल्ला राष्ट्रव्यापि शारीरिक सुगठन प्रतियोगिताको उपाधि लिन सफल भए । उनले अग्रज खेलाडी सरोज श्रेष्ठलाइ आफ्नो जिम गुरुका रुपमा मान्ने गरेको छन् । नकर्मीको नेपालमा धेरै भन्दा धेरै शारीरिक सुगठन प्रतियोगिता आयोजन होस् भन्ने चाहना थियो । उनकै अगुवाइमा बि स २०४९ सालमा कुसुम स्पोट्स क्लबको आयोजनामा सर्वमान्य नेता स्व गणेशमान सिहको प्रमुख अतिथ्यतामा काठमाण्डौमा खुल्ला शारीरिक सुगठन प्रतियोगिता भएको थियो ।

उनी यही भावना लिएर देशकै जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको अध्यक्षका रुपमा ५० साल देखि ५५ साल सम्म नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए। २०५२ सालमा नै उनि राष्ट्रिय खेलकुद परिषदमा शारीरिक सुगठन खेल प्रशिक्षकका रुपमा जागिर शुरु गरे । देशभरि आयोजना हुने प्रतियोगिताहरुमा पुगेर उनले नयां खेलाडीहरुलाइ पोजिङ्ग लगायत अन्य कुराहरु सिकाउदै हिडे । । भारतको नयाँदिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालबाट प्रतियोगितामा सहभागी हुन गएका ज्ञानेन्द्र र छोरा रोजिन नकर्मीले दुवैले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेको दिनलाइ उनि जीवनको सबैभन्दा खुशी भएको क्षणका रुपमा लिन्छन् ।

तथापी त्यस अधि नै भारतमा भएको विश्व पावरलिफ्टिङ प्रतियोगितामा उनले सन् २०१४ मा स्वर्ण पदक नै जितेका थिए । “हिजोआज युवालाइ सुचनामा सबैको पहुच, अत्याधुनिक व्यायाम उपकरण र सप्लिमेन्ट लगायतका सुबिधा हाम्रो समयमा थिएन।,” थकथकी मान्दै उनले भने । शारीरिक सुगठन खेलको आधार स्तम्भ नेपाल व्यायाम मन्दिरको अध्यक्ष भएर लामो समय नेतृत्वदायी भुमिका निर्वाह गरेका उनलाइ नेपालमा शारीरिक सुगठन खेलको बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाल व्यायाम मन्दिर, नेपालमा शारीरिक सुगठन तथा फिटनेस संघ लगायत संस्थाले सम्मान गरेका छन् ।

विश्व शारीरिक सुगठन तथा फिजिक्स फडरेशनले समेत उनलाइ स्वर्ण पदकले सम्मान गरेको गर्वका साथ उनि बताउँछन् । आफुले खेलेका शारीरिक सुगठन खेलमा कहिल्यै द्वितीय नभएका खेलाडी ज्ञानेन्द्र नकर्मीले आजीवन यस खेलको बिकास गरेका कामहरुको जति नै प्रशंसा गरे पनि कम हुन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच