ताजा अपडेट »

लगनशील खेलाडी केशव

शुक्रबार, २८ जेठ २०७८, १९ : ५३
8 Shares

हिजो–आज मानिसहरुको अति नै व्यस्त जीवनशैली र अस्वस्थ्यकर खान–पानले गर्दा अधिकांशमा दिर्घरोगको समस्या बढी रहेको देखिन्छ । मानिसहरुलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दिनको २४ घण्टा मध्ये एक घण्टा व्यायामलाई छुट्टयाउन आग्रह गर्छन् शारीरिक सुगठनका पुराना खेलाडी केशव उदास ।

को हुन् केशव उदास ?
पिता रामजी र माता बिष्णुमाया उदासका काखबाट वि.स. २०३८ सालमा कास्कीको पोखरामा केशवको जन्म भएको थियो। सानैदेखि उनको शारीरिक बनावट सारै दुब्लो पातलो भएकाले साथीभाई ऊ लुरे आयो… भन्दै खासखुस कुरा काट्ने गरेको उनले धेरैपटक चाल पाएका थिए। उनकै घर नजिकै पोखरा ब्यायामशाला थियो। साथीभाइहरु प्रायजसो भेटघाट हुने ठाउँ नै त्यही ब्यायामशाला भएको थियो । जिममा खेलाडीहरुले पसिना बगाएको देखेर उनलाई पनि एक्सरसाइज गर्न मन लाग्न थाल्यो ।

२०५६ सालमा जिम शुरुवात गर्दा उनको शरीरको कुल वजन ३८ केजी मात्र थियो । केशव शारीरिक सुगठनका पुराना अग्रज खेलाडी शंकरमान उदासलाई आफूलाई यस खेलमा लाग्न प्रेरणा दिने व्यक्तिका रुपमा लिन्छन् । उनि भन्छन्, ‘शारीरिक सुगठन खेल भनेको एउटा नशा रहेछ । जो मान्छेलाई एक्सर्साइजको नशा एक पटक लाग्छ, उ आफै खेलमा आकर्षित हुँदै जाने रहेछ ।’ व्यायाममा रमाउन थालेसँगै केशवको दुब्लो शरीर क्रमशः सुगठित र आकर्षक देखिन थाल्यो । साथीहरुले उनलाई प्रतियोगितामा सहभागिता गर्न सुझाए । उनले २०५८ सालमा भएको मिस्टर पोखरामा डेब्यू गरे ।

उनको खेलयात्रा
-२०५८ सालमा नेपाल युनेस्को क्लब आयोजनामा भएको प्रथम मिस्टर पोखरा शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा रजतपदक ।
-२०५९ सालमा लुम्बिनी फिटनेस सेन्टर सिद्धार्थनगरको आयोजनामा भएको दोस्रो मिष्टर पश्चिमाञ्चल शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा रजतपदक लिन सफल भएका थिए ।
-२०५९ सालमा रत्नश्री जिमको आयोजनामा भएको पोलो दोस्रो मिस्टर पोखरा शारीरिक सुगठन प्रतियोगिता बेष्ट पोजर सहित ६५ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए ।
-२०६० सालमा नेपाल जिम एण्ड फिटनेश सिद्धार्थनगरको आयोजनामा भएको तेश्रो मिष्टर पश्चिमाञ्चलका शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा रजत पदक ।
-२०६२ सालमा भएको तेश्रो मिष्टर पोखरा पश्चिमाञ्चलका शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम हुदै ओभरअलमा दोस्रो भए ।
-२०६३ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर पोखरा पश्चिमाञ्चलका शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम हुँदै ओभर अलमा बिजेता भए ।
-२०६४ सालमा मिष्टर पाल्पा क्षेत्रीय स्तरको शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौल समूहमा प्रथम हुन सफल भएका थिए।
-२०६४ सालमा भएको ११ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तौलसमूहमा प्रतिष्पर्धा गर्दै छैठौं स्थान ।
-२०६६ सालमा भएको तेस्रो मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा काँस्य पदक हासिल गरेका थिए ।
-२०६८ सालमा भएको प्रथम मिस्टर माछापुच्छ«े शारीरिक सुगठन प्रतियोगितामा उपाधि विजेता हुन सफल भएका थिए ।
-२०६८ सालमा नै जिल्ला खेलकूद विकास समिति कास्कीको आयोजनामा भएको जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा विजेता भएका थिए।
-नेपाल व्यायाम मन्दिरले आयोजनामा भएको नवौ, दशौ र एधारौ धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा समेत उदास सहभागी भएका थिए ।
-सन् २००३ मा भारतको गोवामा भएको चौथो दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागि हुदै ६० केजीमा चौथो स्थान लिन सफल भएका थिए ।

बैदेशिक रोजगारीका शिलशिलामा उदास साउदी समेत पुगेका थिए । झण्डै २७ महिना साउदीमा बसे। त्यहाँ उनले फिटनेश सम्बन्धि ट्रेनिङ्ग पनि लिए । दुई वर्ष पर्शनल ट्रेनर भएर काम गरे। खेलजीवनका सुखद प्रसङ्ग बताउँदै केशव भन्छन्,‘२०६३ सालमा चौथो मिष्टर पश्चिमाञ्चल तथा २०६८ सालमा प्रथम मिस्टर माछापुच्छ«े प्रतियोगिताको उपाधि जित्दाको क्षण नै मेरा लागि अविष्मरणिय क्षणहरु थिए । उतिबेला गेम जित्दा मेरो आँखाहरुबाट खुसीका आँसु खासे। गेम हो हार र जित हुन्छ नै । उपाधि जित्दाको खुसी भने अलि पृथक र लोभलाग्दो हुँदो रहेछ। त्यस बेला मेरो कोच सागर ताम्राकार हुनुहुन्थ्यो । जो आफैपनि २०५३ सालको चौथो धर्मश्री बिजेता हुनुहुन्थ्यो ।’

प्रतियोगिताका बेलाको डाइट प्लानको चर्चा गर्दै उनिले थपे ,‘त्यस बेला हिजोआज जस्तो सप्लिमेन्टहरु सहज उपलब्धता हुदैन्थ्यो। मेरो डाइटमा प्रायः उसिनेको अण्डा र कुखुराको मासु समावेश हुन्थ्यो । म दैनिक कम्तिमा ५ घन्टा ट्रेनिङ्ग गर्थे ।’ केशवलाई आफ्नो शारीरिक पोज मध्ये एबडर्मिनल मशलसँगै थाइ पोज सबैभन्दा बढी मन पर्दाे रहेछ । मनपर्न बडी पार्टमा थाइ मशल । परिवारको सहयोग बिना यस खेलमा अगाडि बढ्न कठिन हुने उदासको बुझाई छ ।

खेल जीवनको सबैभन्दा सुखद क्षण सम्झदै केशव सुनाउँछन्, ‘२०५६ साल तिर एक्सर्साइज सुरु गरेको ३ महिनापछि म बिरामी भएँ। मलाइ टाइफाइड भएको रहेछ । वर्कआउट अलि बढी भएछ । सहन नसकिने खालको शरीरको पीडा भयो । एक महिना थला परेर एक महिना घरमै रेस्ट गरे । बल्ल–तल्ल निको भएर फेरि जिम जान थाले। त्यसबेला अहिलेको जस्तो सप्लिमेन्टहरु र निपुण ट्रेनर उपलब्ध थिएनन् । आफैले जानेका एक्सर्साइजहरु गर्नुपथ्र्याे। घरबाट गोजीमा भट्ट र चना राखेर जिम जान्थौ अनि एक्सर्साइज गर्दै तस खाने गर्यौ । यसबाट मैले के सिके भने जिममा एक्सर्साइज गर्दा बिना कोच एक्सर्साइज गर्न नहुँदो रहेछ। कुनै पनि गेमका लागि कोच अनिवार्य चाहिँदो रहेछ। कोचको निगरानीमा मात्र व्यायाम गर्दा आफुले चाहेको शरीर बन्दो रहेछ।’

उनले विगतमा साथीसँग मिलेर पोखरामा झण्डै पाँच करोडको लगानीमा ‘बब्स जिम र मेगा जिम’ खोलेका थिए। हिजोआज उनि त्यहिँ जिमहरुमा प्रशिक्षण गराउन तल्लिन छन् । ५६ सालदेखि शुरु भएको उदासको फलाम खेलाउने मोह आजसम्म निरन्तर चलिनै रहेको छ । यो मोह जीवनको अन्त्यसम्म चलिरहने उनि बताउँछन् ।

https://www.globalaawaj.com/archives/111951

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार