ताजा अपडेट »

उदीयमान खेलाडी राजु

बुधबार, २६ जेठ २०७८, १५ : ३४
4 Shares

४ बर्षको उमेरदेखि उनले जिमन्याष्टिक गर्न थाले । अरु खेलाडी फ्लिप गरेको देख्दा उनलाई पनि सारै रहर चल्थ्यो । क्रमशः उनले पनि जिमन्याष्टिक खेलका बिभिन्न बिधामा पारांगत हासिल गर्दै गए । यही क्रममा उनको भेट जिमन्याष्टिकका राष्ट्रिय प्रशिक्षक राजेश्वरमान स्थापितसंग भयो । गुरुबाट उनले खेलका बिबिध आयामहरुका बारेमा ज्ञान लिए ।

हुने विरुवाको चिल्लो पात भने उखान नेपाली समाज चर्चित छ । निरन्तरको मेहनत र लगनशिलताबाट नै हरेक व्यक्ति सफलताको शिखरमा पुग्न सक्छ । कुनै पनि प्रतियोगितमा सफलता प्राप्त गर्नको लागि निकै ठूलो मेहनत आवश्यक पर्छ । हरेक मानिसलाई सकारात्मक सोच र निरन्तरण प्रयासले नै सफल बनाउने गर्छ । यस्तै बहुमुखी प्रतिभावान खेलाडी हुन राजु राई ।

बि.स. २०५६ सालमा काठमाडौ बबरमहलमा बुबा बिष्णु र आमा नानु राइको कोखबाट राजुको जन्म भएको थियो । पिता भारतीय सेनामा जागिरे भएकाले परिवारमा सबैले अनुशासन र व्यायामलाइ चासो दिने गर्थे । राजु सानैदेखि खेलकूदमा बिशेष रुचि राख्थे । जेठा दाजु महेश उसुका खेलाडी थिए । हात समाएर दाजुका पछि लागेर राजुपनि महेशले ट्रेनिङ्ग गरेको हेर्न पुग्थे । मात्र ४ बर्षको उमेरदेखि उनले जिमन्याष्टिक गर्न थाले । अरु खेलाडी फ्लिप गरेको देख्दा उनलाई पनि सारै रहर चल्थ्यो । क्रमशः उनले पनि जिमन्याष्टिक खेलका बिभिन्न बिधामा पारांगत हासिल गर्दै गए । यही क्रममा उनको भेट जिमन्याष्टिकका राष्ट्रिय प्रशिक्षक राजेश्वरमान स्थापितसंग भयो । गुरुबाट उनले खेलका बिबिध आयामहरुका बारेमा ज्ञान लिए ।

उनको पहिलो प्रतियोगिता एनआइसि फाउण्डेशनले आयोजना गरेको जिमन्याष्टिक प्रतियोगिता थियो । जसमा उनिले पुरुष बिधातर्फ रजत पदक लिदै पदक यात्राको थालनी गरे । राजुले क्रमश स्थानीयबाट क्षेत्रिय हुदै राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुदै गए । खेलमा आफ्नो फरक पहिचान बनाउदै लगे । त्यसपछि उनले लुम्बिनी राष्ट्रिय च्यापियनशिपमा प्रतिस्पर्धा गरेका थिए । आफ्नो डेब्यु राष्ट्रिय खेलमै सबैलाई चकित पार्दै पाँच स्वर्ण र दुई रजत पदक जिते । यो यही प्रतियोगिताले उनको खेल जीवनमा नयाँ मोड लियो । कीर्तिमानी राजु भन्छन्, ‘जिम्न्यास्टिकमै करिअर देख्न थालेको चाहिँ म १४ वर्षको हुँदा देखि हो । त्यतिबेला एसएलसी दिएर बसेको थिए । २०७० मा मैले लुम्बिनी गेम खेलेँ । त्यहाँ चाहिँ मैले पहिलो पटक नै पाँच वटा स्वर्णसहित दुई वटा रजत पदक जितेको थिए ।’

राम्रो प्रदर्शन गरिरहेको राजुको प्रतियोगिता कै दौरान सशस्त्र प्रहरी बलका जिमन्याष्टिकका खेलाडी रिकेश तामाङ्गसँग भयो । उनले राजुलाइ सशस्त्र प्रहरी बलबाट खेल्न अनुरोध गरे। राजुले पनि सहर्ष स्विकार गरे । २०७३ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । पूर्वाञ्चलमा सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुदमा उनी एपीएफ क्लबबाटै भाग लिए । राजुले सम्पुर्ण जिमन्याष्टिकको बिधामा सातबटा स्वर्ण पदक लिएर सबै खेल प्रेमीहरुको ध्यान आफुतिर तान्न सफल भए । उनले आफ्नो गुरु राजेश्वरमान स्थापितले २०४६ सालमा सम्पन्न राष्ट्रिय जिमन्याष्टिक च्याम्पियनशीपमा राखेको ७ वटा स्वर्ण पदकको बराबरी गर्दै गुरु दक्षिणा बुझाए। २०७५ सालमामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा जिमन्याष्टिकका केही बिधाहरु हटाएर कम गरियो । यसपटक भने राइले पाँचबटा स्वर्ण र द्इ रजत पदक हात पार्न सफल भए ।

शारिरीक सुगठन खेलमा प्रवेश

प्रतियोगितामा उनले रजत पदक हात पार्न सफल भए । सन् २०१९ मा नेपालको आयोजनामा भएको बह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको पुरुष फिटनेस फिजिक्स प्रतियोगितामा सहभागी हुदै राजुले पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा रजत पदक जित्न सफल भए । सन् २०१९ मा थाइलेण्डमा आयोजना भएको एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा पुरुष फिटनेस फिजिक्स प्रतियोगितामा छनौट चरण पार गर्दै टप फाइभमा पर्न राई सफल भए ।


जिमन्याष्टिक खेलमा परेका राइले आफ्नो शारीरिक सामर्थ्य बृद्धिका लागि भन्दै २०७३ सालदेखि फिटनेश स्टुडियो नेपालमा जिम गर्न जाने गरेका थिए । जिमका संचालक द्वय अर्जुन बर्णवाल र बिमललाल श्रेष्ठ दुबै शारीरिक सुगठनका नाम चलेका खेलाडीहरु थिए । उनले राइलाइ शारीरिक सुगठन प्रतियोगितामा लाग्न सुझाए । गुरुहरुको सुझाव मनन गर्दै उनले तयारी प्रारम्भ गरे । २०७६ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संधको आयोजनामा सातौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुदै थियो । राजुले पनि पुरुष जुनियर बिधामा सहभागिता जनाए ।

प्रतियोगितामा उनले रजत पदक हात पार्न सफल भए । सन् २०१९ मा नेपालको आयोजनामा भएको बह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताको पुरुष फिटनेस फिजिक्स प्रतियोगितामा सहभागी हुदै राजुले पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा रजत पदक जित्न सफल भए । सन् २०१९ मा थाइलेण्डमा आयोजना भएको एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा पुरुष फिटनेस फिजिक्स प्रतियोगितामा छनौट चरण पार गर्दै टप फाइभमा पर्न राई सफल भए । २०७० काे वर्ष उत्कट खेलाडीको पुरस्कार समेत पाएका राजुले भविष्यमा आफुले शारीरिक सुगठन खेलबाट नेपाललाई बिश्व माझ थप परिचित गराउन चाहेकाे बताए ।

मानिसलाई सफल बनाउने कि ? असफल बनाउने भन्ने मुख्य भूमिका परिवारमा रहेका अभिभावकहरुको हातमा हुन्छ । असल शिक्षा र संस्कार दिन सक्ने हो भने हेरक परिवारको सदस्य समाजको उदाहरण बन्न सक्छ । राजु राम्रो पारिवारिक बातावरण, संस्कार, आफ्नो कठिन परिश्रम, लगातार अभ्यास र गुरुहरुको अशिर्वादले नै आज यो स्थानमा आइपुगेको बताउँछन् । भविष्यमा आफुले शारीरिक सुगठन खेलबाट नेपाललाई बिश्व माझ थप परिचित गराउन चाहेको राजुले बताए ।

https://www.globalaawaj.com/archives/111774
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार