ताजा अपडेट »

शान्ति ज्योतिको अधिवेशन सम्पन्न

शनिबार, २२ फागुन २०७७, १५ : ३४
4 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिका वार्ड नम्बर ८ मा रहेको शान्ति ज्योती टोल विकास समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभामा बोल्दै तिनपा ८ का वार्ड अध्यक्ष कृष्ण प्रसाद पौडेलले टोल विकास समितीहरु स्थानीय वासिन्दा र सरकारलाई जोड्ने अङ्ग भएकोले स्थानिय क्षेत्रमा रहेका समस्याहरुको जानकारी तिनै तहका सरकारलाई गराउने, आवस्यक कार्यक्रम र योजना माग गर्ने तथा सरकारका कामहरुको अनुगमन तथा निगरानी गरिरहनुपर्ने बताए ।

लेखक तथा अधिवक्ता युवराज कंडेलले आधुनिकताको नाममा समाजमा मानिसहरू एक्लिदै गएकोले टोल समितिहरुले मानिसहरुलाई भावनात्मक र सामाजिक रुपमा जोड्ने गतिविधिहरु सन्चालन गर्नुपर्ने बताए ।उनले स्थानिय किसानका समस्याहरु सम्बोधन हुने गरि कार्यक्रमहरू सन्चालन गर्न, किसान वन्यजन्तु द्वन्द समाधान गर्न, तथा स्थानिय आवस्यकतामा आधारित विकासका कार्यक्रमहरु सन्चालन गर्न सरकारलाई घच्घचाउने काम गर्न टोल विकास समितिहरु लागिरहनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पान्डे, भवानी पाण्डे , टंकलाल श्रेष्ठ लगायतले बोलेका थिए । टोल विकास समितिको आजै सम्पन्न दोश्रो अधिवेशनले लोकनाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।