ताजा अपडेट »

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

विहीबार, २० फागुन २०७७, १० : ३५
4 Shares


काठमाडौँ । नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गरेका छन् ।

उनले बुधबार निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिएका हून् । उनले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस