ताजा अपडेट »

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरूद्धको खोप

सोमबार, १७ फागुन २०७७, ११ : ५८
6 Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरूद्धको खोप लगाएका छन्। उनले दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान खोपको पहिलो डोज लगाएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले खोप लगाएको मोदीले जानकारी दिएका छन् । उनले खोप लगाउन सबैलाई आग्रह पनि गरेका छन्। भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन शुरू गरिएको छ।

https://twitter.com/narendramodi/status/1366200664402006016?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।