१६ माघ २०७९, सोमबार

Jan 30, 2023

काठमाण्डौं । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाण्डौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाण्डौं धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो । उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना२च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताए । साथै सोही मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्युरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाण्डौं को विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ ।

यसैबीच दुई महिलालाई टर्की पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाण्डौं तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का जीवन भट्ट र काठमाण्डौं माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली रहेका छन् । भट्टलाई काठमाण्डौं सोल्टीमोडबाट र बस्नेतलाई काठमाण्डौं माइतीघरबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु