ताजा अपडेट »

१० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

आइतबार, ०९ फागुन २०७७, १५ : १२
8 Shares

काठमाडौं । कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आइपुगेको हो ।

सरकारले यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

यस खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।

https://www.globalaawaj.com/archives/83612
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।