ताजा अपडेट »

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप

आइतबार, ०९ फागुन २०७७, १२ : ०९
2 Shares

लहान । सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल , रामकुमार उमाप्रसाद स्मारक अस्पताल  र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट  खोप लगाइएको  कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।  खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी  छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।