२१ असार २०७९, मंगलवार

Jul 5, 2022

टोकियो । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।

Advertisement

खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी टोकियोमा रहेको राष्ट्रिय अस्पताल टोकियो मेडिकल सेन्टरमा खोप लगाउने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा झण्डै ४० हजार स्वास्थ्यकर्मीले खोप लगाउन पाउने अधिकारीहरुको अनुमान छ । पहिलो दिन बुधबार मात्रै झण्डै ८०० स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । टोकियो मेडिकल सेन्टरका प्रमुख कजुहिरो अराकीले सबैभन्दा पहिलो खोप लगाएका थिए । उनले खोप लगाएपछि कसै कसैलाई सामान्य सहायक असर देखिए पनि नकारात्मक असर भने नपर्ने दाबी गरे ।

खोप अभियानमा सबै सक्रिय सहभागी हुने र कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सकिने उनको विश्वास थियो ।प्रधानमन्त्री योशिहिडे सुगाले पनि अहिले प्रारम्भिक चरणका लागि मात्रै खोप ल्याइएको र सबैलाई पुग्नेगरी ल्याउने गृहकार्य भइरहेको जानकारी दिए । जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो ।कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य प्रभावशाली र विकसित मुलुकको तुलनामा धेरै ढिला खोप अभियान शुरु भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ