ताजा अपडेट »

गुल्मीमा २८ सय बढिलाई कोरोनाविरुद्धको खोप

मंगलबार, ०४ फागुन २०७७, १४ : ००
6 Shares

गुल्मी । गुल्मीमा २८ सय बढिलाई कोरोनाविरुद्धको खोपको लगाइएको छ । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याङ्क अनुसार हालसम्म २८ सय जनाले कोरोनाविरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो । जिल्लामा दोस्रो चरणको फागुन २ गतेबाट सुरु गरिएको थियो जसमा हलसम्म १०५२ जनाले कोरोनाविरुद्धको खोपको लगाएको आचार्यले बताए । जिल्लामा कोरोनाविरुद्धको खोपका लागि अगाडी छुटेका स्वास्थ्य कर्मीहरु, जनप्रतिनिधी, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धीत व्यक्ति र पत्रकारहरुलाई दोस्रो चरणमा लगाउन थालिएको हो । गुल्मी जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दोस्रो चरणको अभियानको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले लगाएर सुरुवात गरिएको थियो ।

सरकारले कोराना भाइरसविरुद्धको खोप यो चरणमा अग्रपङ्क्तिमा काम गर्र्नेे सहित पत्रकारसहितलाई उपलब्ध गराएको हो । दोस्रो चरणको कोरोनाविरुद्धको खोप जिल्लामा फागुन ८ गतेसम्म लगाइने छ । कोरोनाविरुद्धको खोपका लागि दोस्रो चरणा २७ सय ९२ जनालाई दिइने भएको छ । एक दिनमा ४ सय बढिलाई कोरोनाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाउनेहरु उत्साहित भएका छन् ।

दोस्रो चरणको अभियानमा कोरोनाविरुद्धको खोप लगाउन पाउदा सुखी भएका हुन् । पहिलो चरणमा १७४५ जनामध्ये जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधी व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाएका थिए । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाउन पर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।