ताजा अपडेट »

कोरोनाविरुद्ध खोप आयातका लागि तीन कम्पनीले दिए निवेदन

बुधबार, २८ माघ २०७७, ०६ : ४०
2 Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ कम्पनीको सिनोफमले भने दर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपले अनुमति पाइसकेको छ । सो खोप भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप १० लाख मात्रा उपलब्ध गराएको थियो ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार निवेदन प्राप्त भए पनि प्रक्रिया पूरा गरेर मात्रै अनुमति प्रदान गरिनेछ । उनले भने, ‘प्राप्त निवेदनलाई प्रक्रिया पूरा भएपछि अनुमति प्रदान गर्छौं । छिट्टै प्रक्रियामा लैजान्छौं ।’

उता चीन सरकारले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने बताउँदै आएको छ । सो खोपलाई विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिन लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।