ताजा अपडेट »

जनसभाका लागि नेकपा तिलोत्तमाले साढे १६ हजार उपस्थित गराउने

सोमबार, २६ माघ २०७७, १० : ०१
2 Shares

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको आइतबार बसेको बिस्तारित बैठकले आगामी फागुन १ गते बुटवलमा हुने जनसहभागिताका लागि उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ ।

जनसहभागिताका लागि तिलोत्तमा नगर अन्तर्गत १७ वटै वडाबाट गरी साढे १६ हजार जनता सहभागी गराउने निर्णय गर्दै बैठकले यसका लागि प्रत्येक शाखा कमिटीहरुलाई जिम्मेवारी बाँडफाँड गरेको नगर अध्यक्ष मोहन चापागाइंले जानकारी दिए । बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य दधिराम न्यौपानेले पार्टीको एकथरी समूहले जनतामा छरेको भ्रम चिर्नुपर्नेमा जोड दिंदै फागुन १ गते बुटवलमा हुने जनसभाले प्रधानमन्त्रीले चालेको कदम सही सावित हुने बताउनुभयो । प्रतिनिधिसभा विघटनको अवस्थामा पुर्याउने दाहाल-नेपाल समूह अहिलेको परिस्थितिको मुख्य दोषी रहेको भन्दै उनले अव ताजा जनादेशको विकल्प नभएको बताए ।

पार्टीका अर्का केन्द्रीय सदस्य एवं बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा आयोजना हुने जनसभामा एकलाख भन्दा बढी सहभागी हुने भन्दै अव देश चुनावतर्फ उन्मुख भएको बताए । बैठकमा नगर अध्यक्ष चापागाई, नगर कार्यालय सचिव मिनप्रसाद पोखरेललगायतले पनि आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।